मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

काभ्रेका स्थानीय सरकारहरूले गरे विद्यालय शिक्षा विधेयक फिर्ता लिन माग

Thearaniko Times 1369+ समाचार ( )
५ अशोज २०८०, शुक्रबार

काभ्रे/काभ्रेपलाञ्चोक जिल्लाका १३ स्थानीय सरकारमध्ये १० वटा स्थानीय सरकारले हालै संघीय सदनमा दर्ता भएको विद्यालय शिक्षा विद्येयक-२०८० तत्काल फिर्ता लिन माग गरेका छन् । आज उनीहरुले संयुक्त रुपमा बैठक बसेर विद्येयक फिर्ताको माग गरेका हुन् ।

 पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, बनेपाका नगरप्रमुख शान्तिरत्न शाक्य, धुलिखेल नगरपालिकाका कार्यबाहक नगरप्रमुख निराजन जंगम, नमोबुद्ध नगरपालिकाको प्रमुख कुनसाङ लामा,  चौरीदेउराली गाउँपालिका अधयक्ष रेणुका चौलागाई, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा र खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ तथा रोशी गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबा सहभागी बैठकले विद्येयक फिर्ताको माग गरेको हो । 

बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छः विद्यालय शिक्षा विधेयक-२०८० को प्रावधानप्रति असहमति जनाउँदै सञ्चालन गरेको आन्दोलनको कारण भएको विद्यालय बन्दले बालबालिकाको पठनपाठनमा परेको असरप्रति काभ्रे जिल्लाको स्थानीय सरकारहरुको गम्भिर ध्यानाकर्षण भएको छ । संविधान प्रदत्त शिक्षकहरुको पेशागत अधिकार संरक्षणमा काभ्रे जिल्लाको स्थानीय सरकारहरु संवेदनशिल रहेको जानकारी गराउंदछौं ।

विज्ञप्तिमा भनिएको छ - विद्यालय शिक्षा विधेयक-२०८० को कतिपय प्रावधान संविधान विपरित देखिएकोले उक्त विधेयक यथाशिघ्र फिर्ता गरेर सर्वपक्षिय छलफल तथा वार्ताबाट संविधान अनुकुल विद्यालय शिक्षा विधेयक तयार गरेर मात्रै संसदमा पेश गर्न आग्रह गर्दछ । विद्यालय बन्दको कारण बालबालिकाको शिक्षामा परेको असर उपर संवेदनशिल हुँदै तत्काल विद्यालय सञ्चालन गर्न सम्पूर्ण विद्यालयहरुलाई निर्देशन गर्ने र यदि तत्काल विद्यालय सञ्चालन नगरेमा स्थानीय सरकारले संवैधानिक व्यवस्था अनुसार पठनपाठन सुचारु गर्न बाध्य हुने जानकारी गर्दछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार