मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

स्थानीय निकाय
धुलिखेल नगरसभाबाट प्रदेश सरकार खारेजीको प्रस्ताव पारित

Thearaniko Times 1402+ समाचार ( )
६ असार २०८२, शुक्रबार

धुलिखेल– धुलिखेल नगरपालिकाको १७ औं नगरसभाबाट प्रदेश सरकार खारेजीको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको छ।

नगरसभा सदस्य तथा वडा नं. २ का अध्यक्ष अर्जुन न्यौपानेले बिहीबारको नगरसभा बैठकको शून्य समयमा प्रदेश सरकार खारेज गर्न प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावमा नेपालको संविधान अनुसार बनेको प्रदेश सरकारले आर्थिक वर्ष ०८२/८३ का लागि ल्याएको नीति, कार्यक्रम र विनियोजनसम्बन्धी ऐनहरूमा गम्भीर प्रश्न उठेको उल्लेख गरिएको छ।

"प्रदेश सरकारले संविधानको सह–अस्तित्व, सहकार्य र समन्वयको सिद्धान्त विपरीत कार्य गर्दै आएको छ," न्यौपानेको प्रस्तावमा भनिएको छ, "स्थानीय सरकारको अधिकार, जिम्मेवारी र हैसियत कुण्ठित पार्ने, व्यक्तिवादी निर्णय गर्ने र जिल्लास्तरीय कार्यालयमार्फत स्थानीय सरकारलाई पन्छ्याउने प्रवृत्ति बढ्दै गएकोले प्रदेश सरकार खारेज गरिनु पर्दछ।"

नगर प्रमुख तथा नगरसभा अध्यक्ष अशोककुमार व्याञ्जु श्रेष्ठले उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको जानकारी दिए। "नगरसभाबाट पारित निर्णयअनुसार संघीय सरकारलाई पत्राचार गरी प्रदेश सरकार खारेजको प्रक्रिया अघि बढाइनेछ," उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार