मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

दुर्घटनास्थलको अनुगमन गर्दै सांसद श्रेष्ठले बेपत्ताको खोजी कार्य तीव्र बनाउन दिए निर्देशन
दुर्घटनास्थलको अनुगमन गर्दै सांसद श्रेष्ठले बेपत्ताको खोजी कार्य तीव्र बनाउन दिए निर्देशन

Thearaniko Times 1402+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

९ भदौ, सिन्धुली । बागमती प्रदेशका सांसद गंगानारायण श्रेष्ठले सिन्धुलीको गोलोन्जोर गाउँपालिका वडा नं. १ कुडुले नजिक पाख्रिन घुम्तीमा भएको गाडी दुर्घटनास्थलको अनुगमन गरेका छन् ।

शनिबार साँझ खोटाङको हलेसी दर्शन गरेर भक्तपुर फर्कँदै गरेका व्यक्तिहरु सवार प्रदेश ३–०१०२३ च ६३६६ नम्बरको सुजुकी हाईलक्स गाडी सिन्धुलीको गोलन्जोर गाउँपालिका– १ कुडुले नजिक पाख्रिन घुम्तीबाट सुनकोसी नदिमा खसेको थियो । गाडीमा सवार चारजनामध्ये एक जना बाँच्न सफल भए भने तीनजना वेपत्ता भएका छन् । गाडि भने शनिबार राति २ बजे नै फेला पारि किनारामा राखिएको छ । दुर्घटनास्थलको बागमती प्रदेश सभा सदस्य श्रेष्ठले आइतबार दिउँसो अनुगमन गरेका हुन् । 

घटनास्थलको अनुगमन गर्दै उनले उद्धार कार्यमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई खोजी कार्य तीव्र बनाउन निर्देशन दिएका छन् । बागमती प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री समेत रहेका सांसद श्रेष्ठले खोजी कार्यमा चाहिने थप आवस्यक उपकरणहरू उपलब्ध गराउन सशस्त्र प्रहरी बल नेपालका डिआईजिपी गणेशबहादुर ठाडा मगरलाई निर्देशन दिएका हुन् ।

सांसद श्रेष्ठले दुर्घटनामा परेका व्यक्तिका आफन्तहरूलाई भेटेर सान्त्वना व्यक्त गरेका छन् । दुर्घटनामा परेका व्यक्तिका आफन्तहरूलाई आवस्यक सहयोग गर्न प्रशासन, स्थानीय पालिका र स्थानीय समुदायलाई अनुरोध गरेको उनले जानकारी दिए । 

वेपत्ता ३ जनाको खोजि गर्न सशस्त्र प्रहरी बल नेपालको गोताखोर टोली सुनकोसी नदीमा ¥याफ्टिङ र अन्य उपकरणसहित सक्रिय रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार