मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

यातायात व्यवस्था सम्बन्धि सबै काम बनेपाबाटै हुने, आइतबारदेखि कार्यालय सुचारु

Thearaniko Times 1398+ समाचार ( )
१५ असार २०८१, शनिबार

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको मुख्य व्यापारिक केन्द्र बनेपा- ६, बुडोलस्थित सपिङ कम्पलेक्सबाटै यातायात ब्यवस्था सम्बन्धि सबै कामकारबाही हुने भएको छ।बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले शनिबार एक कार्यक्रमका बीच यातायात व्यवस्था कार्यालय बनेपाकाे उद्घाटन गर्नुभएको हो।

उद्घाटन मन्तव्य दिँदै श्रम रोजगार तथा यातायात मन्त्री लम्सालले राष्ट्रिय राजमार्ग जोडिएको बनेपामा यातायात व्यवस्था विभागको कार्यालय रहनु महत्वपूर्ण कुरा भएको बताउनुभयो। उहाँले अरनिको राजमार्ग भएर चीन र विपि राजमार्ग भएर भारतसँग सीमा जोडिन पुग्ने महत्त्वपूर्ण राजमार्गमा कार्यालय स्थापना हुनु ऐतिहासिक महत्त्व भएको बताउनुभयो।

यस विभागबाट पाँचवटा जिल्ला काभ्रे , सिन्धुपाल्चोक , दोलखा , रामेछाप र सिन्धुलीबासीहरुले आइतबारदेखि कार्यालय संचालनसँगै सेवा पाउने जानकारी दिनुहुँदै मन्त्री लम्सालले भन्नुभयो - सेवा लिन अब राजधानी धाइराख्नुपर्दैन। फाइल बोकेर अनावश्यक झन्झट पनि ब्यहोर्नु पर्दैन। उहाँले अब काम यहींबाट हुन्छ। उहाँले यस विभागलाई नमुना कार्यालय बनाउन कर्मचारीले मिहिनेत गर्नुपर्ने र गुनासो नआउने गरी काम गर्न कर्मचारीलाई निर्देशन समेत दिनुभयो।

प्रदेश सरकारले रोजगारी सृजनाको कार्यक्रम अघि बढाएको बताउँदै मन्त्री लम्सालले सरकारले रोजगारी सृजनाको लागि ठोस कार्यक्रमसहित अघि बढ्न बजेटमा व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले महिलाहरुलाई सवारी चालकको सीप सिकाउन ४८ लाख बजेट छुट्याएको जानकारी पनि सो अवसरमा दिनुभयो। उहाँले कार्यविधि बनाएर उत्कृष्ट सवारी चालक र सहचालकलाई सम्मान गर्ने कार्यक्रम मन्त्रालयले ल्याएको जानकारी दिनुभयो।

श्रम, रोजगार तथा यातायात मन्त्रालय राजस्व सङ्कलन गर्ने महत्त्वपूर्ण मन्त्रालय भएको र मन्त्रालयले जेठसम्ममा १० अर्ब राजस्व सङ्कलन गरेको मन्त्री लम्सालले जानकारी दिनुभयो। चालु आर्थिक वर्षमा ९० प्रतिशत राजस्व सङ्कलन हुने अवस्था रहेको पनि उहाँले बताउनुभयो । श्रम नीति निर्माण भइसकेको छ । संघीय सरकारसँगको समन्वयमा ऐन निर्माण अघि बढ्ने तयारी छ,’ उनको भनाइ थियो।

यही साउन महिनाबाट यातायात सेवालाई सहज बनाउन अनलाइन र डिजिटल प्रविधिको प्रयोग गर्ने सरकारको तयारी रहेको मन्त्री लम्सालले बताउनुभयो ।  प्रदेश सरकारले ज्यालादारी र अस्थायी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा जोड्ने काम भइरहेको पनि उहाँले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरु कन्चनचन्द्र बादे, रत्न ढकाल, रुकु चौलागाईं, जिल्ला समन्वय समिति काभ्रेको प्रमुख दिपककुमार गौतम, बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य, प्रमुख जिल्ला अधिकारी सुर्य सेढाई, यातायात ब्यवसायी आत्मराम थापा लगायतले यातायात क्षेत्रका समस्या र समाधानका लागि जिल्लामा रहेका कार्यालयहरुले प्रदान गर्ने सेवा प्रभावकारी हुनु पर्ने बताउनुभएको थियो।

उहाँहरुले संघीयतापछि अधिकार हस्तान्तरण गर्ने कुरामा अलमल भईरहेका सन्दर्भमा बागमती प्रदेश सरकारले नागरिकहरुसँग प्रत्यक्ष सरोकार राख्ने कार्यालयहरु क्रमशः स्थापना गर्दै लगिने सांसदहरुले बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार