मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

बाढी पहिरोको कहर
भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बाह्रदिनदेखि रोकिएको यातायात साधन गन्तव्यमा पुगे

Thearaniko Times 1398+ समाचार ( )
२० अशोज २०८१, आइतबार

रोशी। अविरल वर्षाका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक खुलेको छ । बाढीपहिरोको कारण सडक अबरुद्ध भएपछि करिब एक सातादेखि सवारीसाधन सञ्चालन हुन सकेको थिएन ।

तेमाल गाउँपालिकाले ठाउँ–ठाउँमा बिग्रेको तथा बाढीले बगाएको सडकखण्ड डोजर लगाएर मर्मत गरेपछि यात्रुबाहक बस सञ्चालन भएको तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले बताउनुभयो । ग्रामीण सडकहरु अवरुद्ध हुँदा गाउँ र शहरबीचको संपर्क टुटेपछि स्वास्थ्य उपचार र खाद्यान्न लगायतको सामग्री ढुवानीमा निकै समस्या झेल्नु परेको थियो । हिजोबाट यात्रुवाहक बस सञ्चालन हुनेभएपछि जनजीवन सामान्यतर्फ फर्किने उहाँले बताउनुभयो ।

त्यस्तै तेमाल गाउँपालिकाको सक्रियतामा मेच्छेपौवाबाट मैनाजाङ–सिंदुरेटार–मुक्पाटार हुँदै सुनकोशी पुल भएर छिमेकी जिल्ला रामेछापको सुनापति गाउँपालिकाको मध्यपहाडी लोकमार्ग जोड्ने सडक समेत सुचारु भएको उहाँले बताउनुभयो । अहिलेको लागि साना सवारीसाधन मात्रै सञ्चालन हुने गरी बाटो खुलेकाले साना सवारीसाधन प्रयोग गर्नेहरुले वैकल्पिक मार्गको रुपमा सो सडक प्रयोग गर्न सकिने गाउँपालिका उपाध्यक्ष थोकरले बताउनुभयो ।

त्यस्तै बाढीपहिरोका कारण क्षतिग्रस्त रहेको विपि राजमार्गको विभिन्न खण्डमा अलपत्र परेका सवारीसाधनहरु खुलाउनका लागि गाउँपालिकाले वैकल्पिक सडकको रुपमा तेमाल गाउँपालिका वडा नं. ७ काल्धर–मेटवाल–कुरुवास–काङलिङ हुँदै नारायणस्थान जोड्ने सडक समेत सुचारु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलटारका प्रहरी निरीक्षक कृष्ण गिरीका अनुसार शनिवार बेलुकाबाट सो बाटो खुलेको भएपनि रोशी खोलामा हालेको ह्युमपाईपलाई अझै व्यवस्थित गरेर थप हालेपछि रोकेर बसेको सवारी साधनहरु पनि सहज रुपमा खुलेकाे बताउनुभयो । त्यसलाई खुलाउने प्रयास भईरहेको र सो ठाउँमा सडक खुल्ने वित्तिकै सवारीसाधन आवागमनमा सहज हुने उहाँले बताउनुभयो ।

विपि राजमार्गमा फसेको सवारीसाधनमध्ये १३ वटा हिजो आएको र बाँकि आज पोखरीनारायणस्थान हुँदै भकुण्डेबाट काठमाडौं पठाईसकेको प्रहरीले जनाएको छ । विपि राजमार्गको भ्याकुरे खोलाले कल्भट बगाइ रोशी गाउँपालिका वडा नं. ११ डम्फुपार्क तथा वडा नं. ९ मंगलटारमा अलपत्र अवस्थामा रहेका चालक/सहचालकसहित ५०० भन्दा बढी सवारी साधनहरुलाई आजबाट वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालन गर्न गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार