मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

यसरी संपन्न भयो बनेपामा ‘चंगा चैट’ प्रतियोगिता

Thearaniko Times 1398+ समाचार ( )
४ कार्तिक २०८०, शनिबार

बनेपा/संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बनेपा नपा-९, को मगर गाउँमा चङ्गा चेट प्रतियोगिता संपन्न भएको छ । दसैंको अवसर पारेर रोट्रयाक्ट क्लब अफ बनेपाले शनिबार आयोजना गरेको ‘चंगा चैट’ प्रतियोगितामा सिनियरतर्फ ५५ जना र जुनियरतर्फ १५ सहभागी रहेका थिए ।

प्रतियोगितामा सिनियरतर्फ सरिन्द्र श्रेष्ठ प्रथम, जयराम मानन्धर फर्स्ट रनरअप र असिम प्रजापति सेकेन्ड रनरअप भएका थिए भने जुनियर तर्फ सुहान मानन्धर विजयी भएका थिए । प्रतियोगितामा सुहान मानन्धर राइजिङ स्टार घोषणा भएका थिए । प्रतियोगितामा अशोक श्रेष्ठ रेफ्री रहेका थिए।

 दशैं तिहार आउने मौसममा चंगा उडाएर मनोरञ्जन लिने संस्कृति बिस्तारै हराउँदै गईरहेको अवस्थामा ‘चंगा उडाऔं, संस्कृति जोगाऔं’ भन्ने नाराका साथ भएको प्रतियोगिताको बागमती प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । सो क्रममा बोल्नुहुँदै प्रदेशसभा सदस्य वादेले विगतमा धान पाकेर घर भित्र्याउने परम्परासंगै चंगा उडाउने काम हुने गरेकोमा पछिल्लो समय लोप हुँदै गएको बताउनुभयो । ‘अहिले ठीक समयमा चंगा उडाउने प्रतियोगिता राखेर नयाँ पुस्तालाई पुरानो संस्कृति जोगाउने काममा प्रेरित गराउनुभएको छ, यो प्रसंशनीय छ ।’ उहाँले भन्नुभयो, ‘यो प्रतियोगिताले चंगाको महत्त्व र संस्कृतिको बारे महत्वपूर्ण जानकारी दिनेछ ।’

विगतमा बालबालिकाहरुबीच टोल–टोलमा पुगेर चंगा उडाएर काट्ने प्रतिस्पर्धा गरेर मनोरञ्जन लिने गरेकोमा अहिले संस्थाले नै आयोजना गरेर प्रतिस्पर्धा गराएर युवाहरुको लागि उत्प्रेरणा जगाउने काम गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । सो क्रममा उहाँले संघीय संरचनामा परिवर्तनसँगै स्थानीय कला संस्कृति जोगाउने काम स्थानीय सरकारको भएकाले आगामी दिनमा कार्यक्रमलाई प्रोत्साहन गर्ने काममा स्थानीय सरकारले ध्यान दिन आवश्यक रहेको उहाँले बताउनुभयो ।

बनेपा नगर प्रमुख शान्तिरत्न शाक्य र उपप्रमुख बिमला सापकोटा दाहालको विशेष उपस्थिति रहेको कार्यक्रममा अहिलेकोे युवाहरु आफ्नो संस्कृति बचाउन भन्दा पनि घुम्ने र खानपानमा नै रमाइलो मान्ने गर्दै आएको कारण लोप हुँदै गएको संस्कृतिलाई संरक्षण गर्न र युवापुस्तामा यसको महत्व बुझाउनको लागि चंगा चैट(चंगा महोत्सव) आयोजना गरेको रोट्रयाक्ट क्लब अफ बनेपाका अध्यक्ष रोभेन तौजलेले बताउनुभयो ।

प्रतियोगिताका संयोजक तथा क्वलका सेक्रेटरी सदिक्षा धितालले लोप हुन थालेको संस्कृति जगेर्ना गर्ने उद्देश्यले विभिन्न संघ/संस्थाहरुको सहयोगमा करीब १० वर्षदेखि चंगा चैट प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो । कार्यक्रमले लोप हुँदै गएको संस्कृति संरक्षणमा ठुलो टेवा पुग्ने उहाँले बताउनुभयो ।

अहिलेका बालबालिकाको मोबाइल, कम्प्युटर, ल्यापटपलगायतका मनोरञ्जनका माध्यमतिर धेरै ध्यान जाँदा चंगाको आकर्षण घटेको धेरैको बुझाई छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार