मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

गीतमा घन्कियो विकासको माग, बजेट बनाउन वडाको नयाँ शैलीको भेला

Thearaniko Times 1398+ समाचार ( )
९ असार २०८१, आइतबार

च्याम्राङबेंसी । “दिदी बहिनी ख्याल गर्नुस हरेक पल

                      गर्भ बसे गै हालौँ अस्पताल”

                     “अध्यक्षज्यू यी कुरा सुन्दिनुस

‌                     के शीर्षकमा छ बजेट भन्दिनुस”

गत शुक्रबार बेथानचोक गाउँपालिकाका वडा नं. १ को कार्यालय प्राङ्गण यस्तै गीतहरुसँगै गुञ्जायमान रह्यो । वडा नं.-१ को आयोजनामा सञ्चालित महिला समूह स्तरीय साँस्कृतिक कार्यक्रममा महिला समूहका सदस्यहरुले वडाले गर्दै आएका विकास निर्माणबारे चेतना जगाउने गीत प्रस्तुत गरेको थिए । १० वटा समूहहरुको सहभागिता रहेको सो कार्यक्रम प्रतिस्पर्धात्मक नभइ चेतनामूलक गीत प्रस्तुत गर्नु थियो ।

कार्यक्रममा वडाले गरेका विकास निर्माण, आगामी दिनहरुमा ल्याउनु पर्ने कार्यक्रमबारे गीतसंगीत मार्फत जानकारी गराइएको थियो । साथै कुनै समस्या आउँदा वडामा सम्पर्क राख्नेदेखि स्वास्थ्य समस्या पर्दा अस्पताल जान गीतमार्फत आग्रह गरिएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष एवम् बेथानचोक गाउँपालिकाका प्रवक्ता मधुसुदत तिमल्सिनाले वडामा कस्ता विकास आवश्यक छन भन्ने सवालमा हुने वडा भेलामा प्राय पुरुष बाहुल्यता हुने भएकोले महिला, बालबालिकाका सवाल ओझेल पर्न सक्ने भएकाले यस प्रकारका कार्यक्रमले जनचेतना बढाउने बताउनु भयो । वडाले के के कार्यक्रम गरेको छ ? के के गर्दछ, भावी दिनहरुमा कस्ता कार्यक्रम आवश्यक छन भन्ने विषयमा जानकारी दिन कार्यक्रम सहयोगी हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा दलीय प्रतिनिधिका तर्फबाट आफ्ना मन्तव्य राख्दै दण्डप्रसाद दाहालले स्थानीय तहको विकासका लागि तय गरिएको योजना निर्माण प्रक्रियामा महिला बालबालिकाको सहभागिता अर्थपूर्ण हुने भएकोले वडाले गरेको यस प्रकारको कार्यक्रमले स्थानीय सरकार र वडाबासीमा दुरी कम भएको बताउनु भयो ।

 कार्यक्रममा भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमप्रसाद तिमल्सिनाले स्थानीय तहले रोजगारीका अवसर बढाउन, विदेश वा सहर केन्द्रित युवा वर्गलाई स्थानीय तहमै रोक्न, कृषि तथा पशुपन्छी पालनको उत्पादकत्व वृद्धि गर्नेत्र कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।  यस्तै महिला नेतृ गोमा गोलेले कृषि तथा पशुपालनको पकेट क्षेत्रको घोषणा गर्न माग गर्नु भयो ।

कार्यक्रममा प्रगतिशील महिला समूहले सरसफाइ सम्बन्धि, जनज्योति महिला समूहले पर्यटन विकास सम्बन्धी तथा बाघ भैरव महिला समूहले शिक्षा सम्बधि चेतनामूलक गीत प्रस्तुत गरेका थिए । यस्तै सयपत्री महिला समूहले बालअधिकार, चन्देवी महिला समूहले विकास निर्माण, सगरमाथा महिला समूहले गर्भावस्थाको स्याहारका विषयमा चेतनामूल्क गीत प्रस्तुत गर्दा नमूना महिला समूहले लैङ्गिक हिंस विरुद्ध, लाली गुँरास महिला समूहले महिला अधिकार, नवज्योति महिला समूहले मादक पदार्थसम्बन्धी चेतनामूलक गीत प्रस्तुत गरेका थिए । यस्तै जनचेतना महिला समूहले कृषि पेशामा सम्भावनाका विषयमा, चक्रेरश्व माध्यमिक विद्यालयले समग्र वडामा आवश्यक विकासमा साथै वडाको पहिचान झल्कने गीत, स्वास्थ्य चौकीबाट स्वास्थ्य सम्बन्धि चेतनामूलक गीत प्रस्तुत गरिएको थियो । यस्तै कार्यक्रममा महिला महांकाल सहकारीले सहकारी सम्बन्धी, भैरव मा.वि.ले शिक्षा विकास सम्बन्धी तथा च्याम्राङबेंसी युवा क्लवले युवाका सवाल, विकास र रोजगारी सम्बन्धिी चेतनामूलक गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार