मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

लोकतान्त्र नै खतरा पर्ने सम्भावना देखिएकोले बिद्रोह- अध्यक्ष वाइवा

Thearaniko Times 1369+ समाचार ( )
२० चैत्र २०७८, आइतबार

नेकपा (एकीकृत समाजवादी) तेमाल गाउँपालिका स्तरीय कमिटी घाेषणा गरेकाे छ। आज पोखरीनारायण स्थानमा भएको पालिका स्तरीय भेलाबाट कमिटी घाेषाणा गरेकाे हाे।

आजै पाेखरी नारायणस्थानमा एकीकृत समाजवादीकाे पालिका स्तरीय कार्यालयकाे समेत उदघाटन गरिएको छ । नेकपा एसका केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला अध्यक्ष टोक बहादुर वाइबाले पार्टी कार्यालय उदघाटन गर्नुभएको हो ।

जिल्ला कमिटी सचिवालय सदस्य एवं तेमाल गाउँपालिका कमिटी अध्यक्ष प्रदिप कुमार तामाङको अध्यक्षतामा भएकाे भेलालाई केन्द्रीय सदस्य एवं जिल्ला पार्टी अध्यक्ष टोक बहादुर वाईबाले सम्बाेधन गर्नुहुँदै नेकपा एमालेमा ब्यक्तिबादी हाबी हुँदै गएको र त्यसले लोकतन्त्र नै खतरा पर्ने सम्भावना देखिएकोले बिद्रोह गरेर छुट्टै नेकपा एकीकृत समाजबादी पार्टी बनाउनु परेको वताए । उनले जुन पार्टीमा ब्यक्तिबादि हावी हुन्छ त्यो पार्टी लोकतान्त्रिक पार्टी हुन नसक्ने बताउँदै त्यस्तो कार्यको बिद्रोह गरेर बनेको एकीकृत समाजवादी पार्टीको भबिष्य उज्वल रहेको वताए ।

केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला सह इन्चार्ज मुकुन्द गौतम परिवर्तित अवस्थामा पार्टी र जनतालाई केन्द्रमा राखेर पार्टीका गतिविधी संचालन गरिने वताए । केन्द्रीय सदस्य गाैतमले प्रभावकारी रूपमा राजनीतिक गतिविधि संचालन गर्नुका साथै सामाजिक कार्यक्रम सञ्चालन गर्ने, जनताका समस्यालाई केन्द्रमा राखेर अगाडि बढ्ने धारणा राखे ।

 जिल्ला कमिटी सचिब दिपक गौतम आगामी स्थानीय तहको चुनावमा पार्टीको सम्पूर्ण शक्तिलाई परिचालित गरेर पहिलो पार्टी वनाउन लागिपर्ने बताए । उनले ‘कलम हातमा, जनताको साथमा’ भन्ने नाराका साथ वस्ती-वस्ती र टोल-टोलमा पुगेर एकिकृत समाजवादी पार्टी जिताउने कार्यक्रम संचालन गर्नुपर्ने समेत वताए ।

अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुदेश पराजुली, युवा संघ नेपालका केन्द्रीय सचिब भेषराज शाह, तेमाल गाउँपालिका इन्चार्ज कुवाङ्छु लामा, अनेमसंघका जिल्ला अध्यक्ष पासाङ डोल्मा लामा लगायत कार्यक्रमका वक्ताहरुले आफ्ना केन्द्रीय अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताले नेपालको संविधान, व्यवस्थापिका र लोकतान्त्रिक प्रणालीलाई वचाएको दावी गरे ।

उनीहरुले नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको संविधान र कानूनलाई हातमा लिएर व्यक्तीगत शासन गर्न खोजेको भए पनि पाँच दलिय गठवन्धनले जोगाएको दाबी गरेका थिए ।

 आजको भेलाले नेकपा एसको तेमाल गाउँपालिका कमिटीलाई पूर्णता दिएको छ । आजै युवा संघ नेपाल र अखिल नेपाल महिला संघको पालिका स्तरीय कमिटी पनि गठन गरिएको छ । अाजै   विभिन्न पार्टी परित्याग गरि दर्जनौंकाे संख्यामा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार