मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

विप्लवद्वारा सर्वपक्षीय अन्तरिम सरकार र ५ सय/१ हजार नोट खारेज माग
विप्लवद्वारा सर्वपक्षीय अन्तरिम सरकार र ५ सय/१ हजार नोट खारेज माग

Thearaniko Times 1398+ समाचार ( )
१२ कार्तिक २०८२, मङ्गलबार

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेन–जी आन्दोलनले उठाएका माग पूरा नभएको भन्दै तत्काल सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने र भ्रष्टाचार नियन्त्रणका लागि पाँच सय र एक हजार दरका नोट बन्द गर्नुपर्ने माग गरेका छन्।

राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महासचिव विप्लवले हालको अन्तरिम सरकार जनआन्दोलन र जेन–जी आन्दोलनको उद्देश्यअनुसार नभएको बताए। उनका अनुसार प्रधानमन्त्री र मन्त्री कसरी नियुक्त भए भन्ने स्पष्ट नभएकाले देश फेरि अस्थिरताको दिशातर्फ धकेलिएको छ।

उनले भने, “देशमा कालोधन, माफिया र दलालको आतंक बढिरहेको छ। पाँच सय र एक हजार नोट खारेज गरेर नयाँ दरका नोट जारी गर्नु आवश्यक छ। यसले अर्थतन्त्रलाई स्वच्छ बनाउँछ र भ्रष्टाचार नियन्त्रण गर्न मद्दत गर्छ।”

बैठकले उत्पादन र कृषि क्षेत्रलाई सुदृढ बनाउन ‘एकीकृत स्वामित्व’ अन्तर्गत उद्योग सञ्चालन गर्ने निर्णय पनि गरेको छ। महासचिव विप्लवले नयाँ कम्युनिस्ट केन्द्र निर्माण गरी नयाँ पुस्तालाई जिम्मेवारी दिनुपर्ने र पुराना नेताहरूले मार्गदर्शन गर्नुपर्ने कुरा पनि औंल्याए।

विप्लवले राज्यसत्तामा रहेका नेताहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन र कालोधन नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारसँग आग्रह गरे। उनले जेन–जी आन्दोलनको बलिदान र जनसांस्कृतिक समर्थनलाई उचित प्रतिनिधित्व दिने प्रणालीअनुसार नयाँ सर्वपक्षीय सरकार गठन आवश्यक रहेको बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार