मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

समाज/राजनीति
त्रिवेणी टोल सुधार समितिको दोस्रो साधारण सभाले हरि लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Thearaniko Times 1398+ समाचार ( )
१४ मंगशिर २०८२, शनिबार

बनेपा/बनेपा नगरपालिका–६, बुडोलमा रहेको त्रिवेणी टोल सुधार समितिको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ। सभाको उद्घाटन वडाध्यक्ष सचितानन्द केसीले गर्दै समितिको कार्यप्रति प्रशंसा व्यक्त गरे।

उद्घाटन क्रममा उनले त्रिवेणी टोल सुधार समितिलाई बनेपाका उत्कृष्ट टोल सुधार समितिमध्ये एक भन्दै खुसी व्यक्त गर्दै भने,
“कुनै पनि काम एक्लै सम्भव हुँदैन, संगठन आवश्यक पर्छ। बनेपाका धेरै स्थानमा टोल सुधार समिति छन्, तर सबैले अपेक्षित रूपमा काम गर्न सकेका छैनन्। आफू राम्रो भए सबैकुरा राम्रो हुन्छ।”

वडाध्यक्ष केसीले समाजमा बढ्दै गएको नकारात्मक गतिविधि कम गर्न संगठनका रूपमा सक्रियतापूर्वक लाग्नुपर्ने बताउँदै सकारात्मक सोचले मात्र सफलता सुनिश्चित हुने धारणा व्यक्त गरे।

कार्यक्रममा वडा सदस्य विष्णु नारायण श्रेष्ठले टोल सुधार समितिले स्थानीय तह र समुदायबीच पुलको काम गरिरहेको उल्लेख गरे।

समितिका अध्यक्ष सुदिप पौडेलको अध्यक्षता र सचिव दिप नारायण पराजुलीको सञ्चालनमा भएको कार्यक्रममा अध्यक्ष पौडेलले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष फुलमाया मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरे।
अध्यक्ष पौडेलले आफ्नो कार्यकालमा टोल सुधार समितिलाई नमुना बनाउन सफल भएको बताउँदै टोलमा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन भइरहेको र वडा–नगरपालिकाबाट प्राप्त सेवा तथा सूचनाहरू घरघरमा पुर्‍याउन सहज भएको जानकारी दिए। आर्थिक अभावका कारण सबै काम सक्न कठिन भए पनि समस्या समाधानका लागि सहजीकरणको भूमिका निभाइरहेको जानकारी दिए।

साधारण सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ। नव–निर्वाचित कार्यसमितिमा अध्यक्षमा हरि लामा, उपाध्यक्षमा भोजराज गिरी, सचिवमा शिवप्रसाद शर्मा, सह–सचिवमा शंकर खड्का, कोषाध्यक्षमा पार्वती तिवारी भुजेल तथा सदस्यहरूमा कृष्ण सुवाल, दिनेश सुनार, नाङ्सी लामा, मानबहादुर लामा, सागर सुनार, रिता गिरी, संझना गिरी र पुतली तामाङ चयन भएका छन्। दुई सदस्य पछि मनोनित गर्ने बताइएको छ।

नवनिर्वाचित अध्यक्ष हरि लामाले सबैलाई मिलाएर लैजाने, कसैलाई भेदभाव नगर्ने तथा टोलको आवश्यकताअनुसार कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

सुदिप पाैडेल १५ मंगशिर २०८२, आइतबार

धन्यवाद द अरनिकाे टाईम्स

हरि लामा १४ मंगशिर २०८२, शनिबार

धन्यवाद द अरनिको टाइम्स

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार