मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

अपाङ्गता भएका महिलाको अधिकारमा प्राथमिकता दिन माग

Thearaniko Times 1402+ समाचार ( )
२९ अशोज २०७९, शनिबार

बनेपा । नेपाल अपांग महिला संघ को सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ। नेपाल अपाङ्ग महिला संघले अपाङ्गता भएका महिलाको हकहितका लागि सरकारले प्राथमिकता दिनुपर्ने आवाज उठाएको छ । संघको आज आयोजित ७ औँ साधारणसभामा लोकतान्त्रिक गणतन्त्रमा पनि अपाङ्गता भएका महिला पीडित रहिरनुपर्ने अवस्था दुःखद् भएको जनाइएको हो ।

संघका अध्यक्ष रामप्यारी पोटेको सभापतित्वमा भएको  संस्थाको साधारणसभामा बोल्दै प्रमुख अतिथि बनेपा न.पा. ९ का वडाध्यक्ष नृपेश वादेले साधारणसभामा अपाङ्गता भएका महिलाका लागि आफ्नो तर्फबाट कार्यालयको व्यवस्थापन गरिदिने जानकारी दिए। प्रमुख अतिथि बादेले आफ्नो मन्तव्यको क्रममा काभ्रे जिल्लामा रहेका कोही बिपन्न परिवारका अपांगता भएका ब्यक्तिलाई निःशुल्क पढाइ दिनुका साथै संस्थाले मागेको खण्डमा तालिम समेत उपलब्ध गराउने  प्रतिबद्धता जनाउनु भयो।

विशेष अतिथि वडा नं ८ का वडाध्यक्ष  शुभलक्ष्मी मानन्धरले अपाङ्गता भएका व्यक्तिको हकहित र अधिकार सुनिश्चित हुनुपर्ने बताउँदै खाजाको व्यवस्थापन गरिदिने प्रतिबद्धता जनाउनुभयो।

यसैगरी कृष्ण प्यारी नकर्मीले अपाङ्गता भएका व्यक्तिका लागि पनि बजेट विनियोजन हुनुपर्ने बताउँदै सार्वजनिक भवन अपाङ्गतामैत्री बनाउनुपर्नेमा जोड दिए ।

अर्का अतिथि बिन्दा भुतेलले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न स्थानीय तहले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रम संचालन सचिव पम्फा पुर्कोटीले गर्नु भएको थियो  भने उपाध्यक्ष निर्मला दङ्गालले स्वागत मन्तव्य  राख्नुभएको थियो ।

कोषाध्यक्ष राममाया सुवालले आर्थिक प्रतिवेदन र सहसचिव ले संस्थाको गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार