मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

जेनजी आन्दोलन/राजनीति
संवैधानिक निकासको खोजीमा ऐक्यबद्ध हुन सम्पूर्णमा अपिल

Thearaniko Times 1398+ समाचार ( )
२७ भाद्र २०८२, शुक्रबार

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले हालसालै भएको जेनजी आन्दोलनका क्रममा भएको मानवीय क्षति, तोडफोड तथा हिंसात्मक गतिविधिप्रति गहिरो दुःख प्रकट गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रले आन्दोलनको क्रममा ज्यान गुमाउने प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । 

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका संयोजक भोला प्रसाद अर्याल र माओवादी केन्द्रका केन्द्रीय सदस्य तेज बहादुर मिजारले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, “जेनजी समुहले उठाएका मुद्दाहरू समय सान्दर्भिक भए पनि त्यसलाई राजनीतिक शक्ति र उपलब्धि माथि प्रहार गर्ने ढंगले हिंसात्मक मोडमा लानु गलत हो ।” साथै, आन्दोलनलाई गलत ढंगले प्रयोग गरी हिंसात्मक बाटो रोज्नेलाई जनताले चिन्नुपर्नेमा पार्टीले जोड दिएको छ । 

माओवादी केन्द्रले शान्तिपूर्ण ढंगले संवैधानिक मार्गबाट मात्रै विद्यमान राजनीतिक र संवैधानिक समस्याको समाधान सम्भव हुने उल्लेख गरेको छ । “संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई रक्षा गर्दै प्राप्त उपलब्धिहरूलाई संरक्षण गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ । 

जेनजी आन्दोलनमा उत्पन्न परिस्थितिले राष्ट्रिय एकता सामाजिक सद्भाव खलल पुगेको र घुसपैठ भएकोले मुलुकलाई थप गम्भीरतर्फ लैजाने खतरा रहेको बताउँदै माओवादी केन्द्रले राष्ट्रिय एकता, सामाजिक समावेशीता र संवैधानिक मार्गलाई नै मूल आधार बनाएर अघि बढ्न अपिल गरेको छ। विज्ञप्तिमा अन्य लोकतान्त्रिक शक्ति, नागरिक समाज र सम्पूर्ण जनसमुदायलाई पनि संवैधानिक निकासको खोजीमा ऐक्यबद्ध हुन आह्वान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार