मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

राजनीति
महाधिवेशनमा तटस्थ रहने देउवा, विशेष महाधिवेशन अस्वीकार

Thearaniko Times 1398+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनको मुखमा पार्टीको महाधिवेशन आयोजना गर्दा आन्तरिक प्रतिस्पर्धाले चुनावी परिणाममा नकारात्मक असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

मंगलबार केही सञ्चारकर्मीहरूसँगको अनौपचारिक कुराकानीमा देउवाले यस्तो सुझाव यसअघि नै पार्टी नेतृत्वलाई दिइसकेको उल्लेख गरे । तर महाधिवेशन अघि नै गर्ने निर्णय भए आफू त्यसमा अवरोध नबन्ने पनि उनले स्पष्ट पारे ।

आफू १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार नहुने भएकाले तटस्थ भूमिकामा रहने देउवाको भनाइ थियो । विधानअनुसार पुनः सभापतिमा उम्मेदवार बन्न नमिल्ने र व्यक्तिगत रूपमा पनि इच्छा नभएकाले अन्य नेताहरूलाई अघि बढ्न प्रोत्साहन मात्र गर्ने उनले बताए ।

महाधिवेशन निर्वाचनअघि गरिँदा पार्टीभित्रको प्रतिस्पर्धाले संगठन कमजोर हुन सक्ने भन्दै उनले सावधानी अपनाउनुपर्ने धारणा राखे । यद्यपि, नेतृत्व तहले नै अघि बढ्ने निर्णय गरे आफूले रोक्ने कुनै कारण नरहेको उनको भनाइ थियो ।

देउवाले विशेष महाधिवेशन आयोजना गर्ने सम्भावना भने पूर्ण रूपमा अस्वीकार गरे । विशेष महाधिवेशनमा गए त्यसको प्रक्रिया, विधि र स्वरूपमै फेरि विवाद उत्पन्न हुने भएकाले त्यसतर्फ नजाने उनले स्पष्ट पारे । नियमित महाधिवेशन भने आपसी सहमतिमा सम्पन्न गर्न सकिने उनको धारणा थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार