मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

राजनीति
काठमाडौंमा जेन–जी आन्दोलन : १८ को मृत्यु, २५६ घाइते

Thearaniko Times 1369+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

काठमाडौंमा सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध सुरु भएको ‘जेन–जी’ आन्दोलन सोमबार हिंसात्मक रुप लिएको छ। काठमाडौंसहित देशभरका प्रदर्शनमा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार राजधानीमै १६ जनाको ज्यान गएको छ भने उपत्यकाबाहिर इटहरीमा दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ।

ट्रमा सेन्टरमा आठ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते उपचारत छन्। मन्त्रालयले ट्रमा सेन्टरमा विपद् योजना लागू गरी आकस्मिक सेवाहरू सञ्चालन गरेको जनाएको छ। एभरेष्ट अस्पतालमा तीन जनाको मृत्यु भएको छ भने ३४ घाइते उपचारत छन्, तीमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना उपचारत छन्। काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ३२ घाइतेको उपचार भइरहेको छ। त्यसमध्ये छ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था छ। त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते उपचारत छन्। नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा तीन जना उपचारत छन्।

उपत्यकाबाहिर गण्डकी अस्पतालमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना र झापाको दमकमा सात जना घाइतेको उपचार भइरहेको छ। इटहरीमा प्रहरीको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएको छ।

जेन–जी आन्दोलन उग्र भएपछि सरकारले बानेश्वर, सिंहदरबार, शीतल निवास र अन्य संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। यद्यपि कर्फ्यु लागू हुँदा पनि प्रदर्शनकारी सडक छाडेका छैनन्।

प्रदर्शनकारीहरूले भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयको विरोध गर्दै नाराबाजी गरेका थिए। सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेपछि प्रदर्शन हिंसात्मक बनेको छ। स्वास्थ्य मन्त्रालयले राजधानीका अस्पतालहरूमा बेड, रगत र आकस्मिक औषधि अभाव हुने चेतावनी दिएको छ।

जेन–जी युवाहरूको आन्दोलनले अहिले नेपालको राजनीतिक र सामाजिक परिदृश्यमा नयाँ तनावको अवस्था सिर्जना गरेको छ। आगामी दिनमा आन्दोलनको स्वरुप र सरकारले उठाउने कदमले देशभरको स्थिति अझै संवेदनशील हुन सक्ने देखिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार