मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

नगरस्तरीय लोकनृत्य प्रतियोगितामा विद्यासागर स्कुल प्रथम

Thearaniko Times 1398+ समाचार ( )
१६ अशोज २०८०, मङ्गलबार

बनेपा । निजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बनेपा नगर समितिको आयोजनामा भएको नगर स्तरीय लोकनृत्य प्रतियोगितामा विद्यासागर इंग्लिस सेकेन्डरी स्कुल प्रथम भएको छ । बुधबार बनेपामा सम्पन्न भएको प्रतियोगितामा नाइटिङ्गेल एकेडेमी द्धितीय, प्रगति प्रभात एकेडेमी तृतीय, स्प्रिङहिल इंग्लिस बोडिङ्ग स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

भर्सटाइल डान्स ग्रेसल्याण्ड सेकेन्डरी स्कुलले प्राप्त गरेको छ । गेष्ट पर्फमेन्स इशा मेमोरियल स्कुल र अर्किड इन्टरनेशनल स्कुलले राखेको उक्त कार्यक्रममा अजोन थिङ र सुमित्रा खड्काले निर्णायकको भूमिका खेलेका थिए । प्रतियोगितामा काभ्रे मा बि, ज्ञानज्योती इंलिश सेकेन्डरी स्कुल, प्रगती प्रभात एकेडेमी, ज्योती एकेडेमी, एनोभेटिब एकेडेमी, स्प्रिङ हिल सेकेन्डरी स्कुल, क्षितिज इंलिश सेकेन्डरी स्कुल, नाइटेंगल इंलिश सेकेन्डरी स्कुल, लिन इन्टरनेशनल बोर्डिङ स्कूल, एभरेष्ट एकेडेमी, अर्किड इन्टरनेशनल एकेडेमी, इसा मेमोरियल स्कूल, लिंकन स्कुल, सिद्धार्थ स्कुल एण्ड कलेज बनेपा, विद्या सागर इंलिश सेकेन्डरी स्कुल, बालबटिका विद्यामन्दिर स्कुल, ज्ञानसरोबर इंलिश सेकेन्डरी स्कुल, ग्रेसल्यान्ड सेकेन्डरी स्कुल, ए.बि.एम. स्कुल र ज्ञानकुन्ज शैक्षिक प्रतिस्ठान गरी २० वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्याब्सन बनेपा नगर समितिका अध्यक्ष कुमार मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्य चन्द्रप्रसाद ताजपुरियाले स्वागत मन्तव्य रोखेका थिए ।

बनेपा प्याब्सनका सचिव शरणकुमार मानन्धरले सञ्चालन गरेको कार्यक्रममा कार्यक्रमको संयोजक एवं इसा मेमोरियल स्कुलका प्रवन्ध निर्देशक नारायण जोशीले कार्यक्रमको औचित्यको बारेमा धारणा राखेको थियो । कार्यक्रम संयोजक जोशीले अरू पनि यस्तै कार्यक्रम धेरै भएकोले विद्यालयलाई उत्साह तथा फाइदा हुने कार्यक्रम गर्दै जाने बताए ।

नगरस्तरीय लोकनृत्य प्रतियोगितामा तलका निम्न २० वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार