मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

प्र.जि.अ. रुद्रादेवी शर्माले सार्वजनिक गरिन् ९ महिनाकाे मुख्य उपलब्धि

Thearaniko Times 1369+ समाचार ( )
२० जेठ २०८१, आइतबार

धुलिखेल/प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कार्यकाल अवधिमा भएका महत्वपूर्ण गतिविधिहरुको सुची सार्वजनिक गर्नुभएको छ ।

 २०८० भदौ १८ गतेदेखि २०८१ जेठ २० गतेसम्म उनी काभ्रेमा प्रमुख जिल्ला अधिकारी थिइन् । गृह मन्त्रालयको निर्णयले हालै उनको बर्दिया सरुवा भएको छ ।

बिदाइ कार्यक्रममा बोल्दै प्रजिअ शर्माले जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह, सुरक्षा कायम गर्न सञ्चार क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

प्रजिअ शर्माले कार्यकालको ९ महिना अवधीमा कार्यसम्पादन, सेवा प्रवाह र सुशासन कायम राख्न भएका मुख्य ७० वटा कामहरुको विवरण सार्वजनिक गर्नुभएको छ। विशेषगरी लैङ्गिकमैत्री सेवा, अशक्त, अपाङ्गता, जेष्ठ नागरिक र गर्भवति महिलाहरुका लागि विशेष प्रकृतिका सेवा उपलब्ध गराएको बताउँदै प्रमुख जिल्ला अधिकारी शर्माले शान्ति सुरक्षा र अमनचयन कायम गर्ने प्रयत्नमा पनि कार्यकाल सफल रहेको बताईन् ।

एकाध घटनाका बारेमा अनुसन्धान भईरहेको बताउँदै प्रजिअ शर्माले जिल्लाबासीहरुलाई धन्यवाद दिदै नागरिकमैत्री सेवाका लागि पूर्वाधार लगायतका क्षेत्रमा सुधारात्मक कार्य गर्न आवश्यक रहेको बताइन् ।

उनका अनुसार, सेवाग्राहीका गुनासो र समस्या सुन्न र सेवालाई प्रभावकारी वनाउन १० घण्टा (विहान ८ बजे देखि साझ ६ बजेसम्म) संचालन हुने गरी टोल फ्रि नम्बर १८१०५०००३७७ संचालनमा ल्याइएको छ । गैर आवासिय नागरिकता ५१ वटा, आमाको नामवाट १४ वटा नागरिकता जारी भएका छन् भने ४६ जनाले नागरिकता परित्याग गरेका छन् ।

दैनिक ५ सय जनाका दरले राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको शर्माले जानकारी दिइन् । राष्ट्रिय परिचयपत्र तथा राहदानीको सेवामा टोकन प्रणालीको प्रयोग र नि:शुल्क कार्यालयवाटै फाराम भरी वाहिरी विचौलिया अन्त्य गरिएको उनले दाबी गरिन् । कार्यालयलाई अपांगमैत्री वनाउन र्याम्प र ह्वील चेयरको व्यवस्था गरिएको छ । सेवाग्राहीको चाप धान्न शनिवार वाहेकको सार्वजनिक विदामा नागरिकता राष्ट्रिय परिचयपत्र र राहदानीको सेवा निरन्तर दिइएको उनले जानकारी दिइन् ।

कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउन स्थानीय तह वडावाट गरिने सिफारिसमा एकरुपता ल्याउन तथा शान्ति सुरक्षालाई प्रभावकारी वनाउन प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरु सहित पाँचखाल, पनौती, नमोवुद्ध, मण्डन देउपुरसहित ४ वटा नगरपालिका र ३ वटा गाँउपालिका गरी ७ पटा पालिकाका प्रमुखहरु, वडा अध्यक्षहरु, जनप्रतिनिधिहरु तथा वडा सचिवहरुसँग पालिकास्तरमै सेवा प्रवाह र शान्तिसुरक्षा सम्वन्धमा अन्तरकृया गरिएको उनले बताइन् ।

अपराध अनुसन्धान र पेन्डिङ मुद्दाहरुको फस्यौट फैसला कार्यान्वयन र फरार अपराधीको खोजी र पक्राउमा निरन्तरता दिइएको, महिला बालबालिका तथा ज्येष्ठ नागरिक पीडित भएका मुद्दाहरुलाई विशेष प्राथमिकतामा राखि अनुसन्धान गरिएको, प्राकृतिक स्रोतको गैरकानुनी दोहन उपर कारवाही गरी २१ लाख ९० हजार असुल गरिएको, विपद् प्रतिकार्य योजना तयारी र कार्यान्वयनका साथै विपद्को जोखिम नक्सांकन गरी १७४ जना तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो ।

निर्माणाधिन कार्यालय भवनको सम्वन्धमा उनी कार्यरत रहेकै अवधीमा सर्वोच्च अदालयतवाट फैसला भइ आगामी वर्षको लागि वजेट विनियोजन भएको र हालको मूल्याङ्कन गरी प्रकृया अगाडि वढाउन शहरी विकास तथा भवन निर्माण विभागमा लेखि पठाइएको शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार