मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ

Thearaniko Times 1399+ समाचार ( )
६ चैत्र २०७९, सोमबार

काठमाडौँ । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले वैशाखमा विश्वासको मत लिने अवस्था आउछ कि भन्नेमा आशंका भएपनि यो गठबन्धन पाँचै वर्ष जाने बताएका छन् ।  सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतमाथिको प्रस्तावमाथि छलफलमा भाग लिँदै नेता नेपालले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष जाने ठोकुवा गरेका हुन् । 

‘फेरि वैशाखमा विश्वासको मत लिने अवस्था आउँछ कि भन्नेमा आशंका गर्न सकिन्छ । तर यो गठबन्धन ५ वर्ष जान्छ । एकतावद्ध भएर जान्छ’, नेता नेपालको भनाइ छ । उनले नेपालको राजनीति तरल अवस्थामा रहेको भन्दै  मानिसहरुले सरकार यति छिटोछिटो गठन पुर्नगठन हुन्छ भन्ने मानिसहरुले नसोचेका बताए ।  ‘म पनि अन्यौलमा परेको छु । पहिला प्रचण्ड प्रधानमन्त्री रहेको अवस्थामा प्रमुख घटकलाई घोक्रायाएर निकालियो भन्ने सुनियो । अर्कोतिर आफै निक्लनुपर्यो भन्ने पनि सुनेँ म आफै अलमलमा परेँ’, नेता नेपालले भने, ‘बरु यो विषय कुनै विश्वविद्यालयमा अनुसन्धान गर्नेलाई खोजी गर्न दिनुपर्छ कि ? आत्मसमीक्षाको विषय पनि बन्नुपर्छ ।’ 

अरुलाई दोषारोपण गर्ने प्रवृत्ति कायम राख्ने हो भने कहिल्यै पनि सही दिशामा जान नसक्ने बताए । ‘राजनीतिलाई सहि दिशामा लाने हो भने प्रत्येक व्यक्तिले आत्मसमीक्षा गर्नुपर्ने हुन्छ । किन सहकार्य टिकाउ हुन सकेको छैन अरु दोषी हुन् कि आफु रु सबै नेताहरुको ध्यनाकर्षण गराउन चाहान्छु’, नेपालको भनाइ छ । उनले अहिलेको परिवेश उत्पन्न हुने कुरामा आफुले पहिलो दोस्रो दिनमै आकलन गरेको भन्दै राजनीतिको नाडी छामेर नै यहाँसम्म आएपुगेको बताए । 

‘फेरि वैशाखको अर्को हप्तामा विश्वासको मत लिने अवस्था त नआउला रु यो आशंका गर्नु अस्वभाविक ठान्दिँन । तर त्यो अवस्था आउँदैन भन्नेमा मलाई विश्वास छ’, नेपालले भने, ‘अब यो गठबन्धन आउने ५ वर्षसम्म टिक्छ, राजनीतिक स्थायित्व दिन्छ, देशलाई विकास गर्छ, सबै चुनौतिको सामना गर्न यो गठबन्धन एकतावद्ध भएर अघि बढ्छ भन्नेमा सवैलाई आहवान गर्न चाहान्छु ।’ उनले आफुले २२ महिनासम्म २१ पार्टीलाई सँगै लिएर हिँडेको स्मरण गर्दै अहिले पनि सहकार्य गरिएका घटकहरुको सोँच र दृष्टिकोण हेर्दा टिकाउ हुने देखिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार