मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

बेथानचोक गाउँपालिकामा नयाँ मेलमिलापकर्ता उत्पादन तालिम

Thearaniko Times 1369+ समाचार ( )
९ फाल्गुन २०८०, बुधवार

ढुंखर्क । बेथानचोक गाउँपालिका न्यायिक समितिको आयोजनामा सञ्चालित नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न भएको छ । फागुन २ देखि ९ गतेसम्म सञ्चालित तालिममा गाउँपालिकाका ६ वटै वडाका गरी ३० जनालाई तालिम दिइएको न्यायिक समिति संयोजक एवं उपाध्यक्ष गाउँपालिकाकी उपाध्यक्ष तारा राना तिमल्सिनाले जानकारी दिनुभयो ।

बुधबार तालिमका सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै उहाँले तालिम लिएसँगै संवादका माध्यमबाट समाधान खोज्न सक्नु पर्ने धारणा राख्नुभयो । उहाँले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले व्यवस्था गरेको न्यायिक समितिले विवाद निरुपण गर्ने अधिकार राख्ने मात्र नभई नागरिकमा न्याय घरदैलोसम्म पु¥याई सामाजिक सदभाव कायम गर्ने भएकाले समाजमा विद्यमान समस्याहरुलाई मिलाउने भएकाले मेलमिलापकर्ताहरुले मुद्दा मिलिसकेपछि तुषका खाटा समेत नबस्ने खालको वातावरण सिर्जना हुनेगरी काम गर्नुपर्ने धारणा राख्नुभयो । चालु वर्षमा जिल्लाका १३ वटै स्थानीय पालिकामध्ये न्याय सम्पादनमा बेथानचोक पहिलो भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । यस आर्थिक वर्षमा कूल ३६ वटा मुद्दा आएकोमा १० वटा मौखिक मिलान भएका,  २६ वटा मुद्दा दर्ता भएका, १० वटा मिलापत्र भएको, ८ वटा निर्णय फैसला भएको, २ वटा डिसमिस भएका, एउटा खारेज भएको, २ वटा मुद्दा फिर्ता भएको र ३ वटा मुद्दा चालु रहेको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले समितिलाई दिएको क्षेत्राधिकारको प्रभावकारी प्रयोग, अपनाउने कार्यविधिको मापदण्ड, स्वच्छ सुनुवाइ र निष्पक्ष भूमिका निर्वाह गर्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो ।  उहाँले सुशासनका गतिविधिहरुमा बेथानचोक गाउँपालिका काभ्रेका गाउँपालिकाहरुमा पहिलो स्थानमा रहेको बताउनु भयो । यस्तै जिल्ला भरीको सुशासन, सेवाप्रवाह, भौतिक पूर्वाधार, आर्थिक प्रशासन लगायतका मापनहरुमार्फत हुने संस्थागत स्वमुल्यांकन (लिजा) मा जिल्ला मै नगर र गाउँपालिकाहरुमा प्रथम भएको बताउनु भयो ।

कार्यक्रममा मुख्य प्रशिक्षक रमिला हुमागाईले सबैले जित्ने वातावरण बनाएर काम गर्न र फाटेका सम्बन्धनाई सियोले झैं जोडेर राख्ने वातावरण बनाउन आग्रह गर्नुभयो । सहभागिका कैलाश तिमल्सिनाले तालिमले कतिपय नबुझेका कुरामा स्पष्टता मिलेको बताउनुभयो । सो अवसरमा गाउपालिकाका कुनै पनि वडामा विवाद  नहोस् भन्ने कुरामा गाउँपालिका प्रतिवद्ध रहेको बताउँदै तालिममा सिकेको ज्ञानले समाजमा हार्दिकताका साथ मेलमिलाप कायम राख्न, समुदायस्तरमा न्यायिक मेलमिलापका लागि कार्य गर्न सहज होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको न्यायिक शाखा प्रमुख श्री कृष्ण तिमल्सिनाले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष एवम् न्यायिक समिति सदस्य कुबेर ढकाल,  न्यायिक समिति सदस्य एवं कार्यपालिका सदस्य दिल कुमारी तामाङ लगायतको उपस्थिति रहेको थियो । तालिमको सहजीकरण शान्तिका लागि सहकार्य संस्था, नेपालले गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार