मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

ललिता निवास काण्डमा भाटभट्टेनीका मालिक गुरुङ र डिल्लीबजार मालपोतका पूर्व खरिदार सहित ५ जना पक्राउ

Thearaniko Times 1375+ समाचार ( )
१२ असार २०८०, मङ्गलबार

काठमाडौं/नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पक्राउ गरेका छन् । बालुवाटारको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा जोडिएका भाटभटेनी सुपर मार्केटका सञ्चालक मालिक मीनबहादुर गुरुङ पक्राउ परेका हुन् ।

ललिता निवासको ११३ रोपनी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि नै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । जुन अहिले विशेष अदालतमा विचाराधीन रहेको छ ।

२०७७ माघमा विशेष अदालतको सरकारी जग्गा व्यक्तिको नाममा परेको मुद्दामा उनलाई २ करोड धरौटीमा छोडेको थियो । अहिले किर्ते मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको छ । त्यही क्रममा उनी पुनः पक्राउ परेका हुन् ।

सीआईबी स्रोतले भन्यो, ‘गुरुङलाई हामीले नियन्त्रणमा लिएका छौं । थप अनुसन्धानको काम हुँदैछ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अहिले सोही प्रकरणमा दोस्रो चरणको अनुसन्धान गरिरहेको छ। दोस्रो चरणको अनुसन्धानका क्रममा सरकारी कागजात कीर्ते लगायत कसुरमा गुरुङको समेत संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ ।

बालुवाटारको सरकारी जग्गाको गैरकानुनी किनबेचमा व्यवसायी गुरुङसँगै उनका छोरा कल्याण गुरुङ्, छोरी तथा सहोदर भाइ र बुहारीसमेतको संलग्नता रहेको भन्दै उनीहरुलाई समेत अभियुक्त बनाएर मुद्दा दायर गरेको थियो ।

यसैगरी सीआईबीले मालपोत कार्यालय, डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारी सुरेन्द्रमान कपाली, धर्मप्रसाद गौतम र हुपेन्द्रमणि केसीलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्कीलाई पनि पक्राउ गरेको  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै