मुख्य समाचार
कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु |
मुख्य समाचार
कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु |

बनेपा -६ मा जेष्ठ नागरिक समितिको अधिवेशन तथा सम्मान
बनेपा -६ मा जेष्ठ नागरिक समितिको अधिवेशन तथा सम्मान

Thearaniko Times 1371+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

बनेपा/बनेपा नगरपालिका वडा नं. ६ मा सक्रिय जेष्ठ नागरिक समितिको दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले  शिवहरि दाहालको अध्यक्षतामा दोश्रो कार्यकालका लागि नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ ।

सो समितिको उपाध्यक्षमा रेखा केसी, सचिव विरबहादुर  तामाङ, कोषाध्यक्ष शिव अधिकारी रहेका छन् । त्यसैगरी समितिको सदस्यमा चेतनाथ मिश्र, सुदर्शन नापित, बद्रीप्रसाद आचार्य, कृष्णप्रसाद शर्मा दाहाल, कृष्ण प्र. दाहाल, बिष्णुमाया खड्का, ऋषेश्वर दाहाल, उध्दव प्रसाद भुर्तेल, गोमा तिमल्सिना(धनमाइ), श्यामकृष्ण श्रेष्ठ, रोहित प्रसाद न्यौपाने, रामहरि केसी, देवबहादुर घिमिरे, सिताराम आचार्य, दिनानाथ गौतम, डम्बर ब. श्रेष्ठ, अम्बिका नेपाली, हरिशरण परियार निर्वाचित भएका छन् ।


बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले उक्त अधिवेशनको उद्घाटन गर्दै जेष्ठ नागरिकलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । नगर प्रमुख शाक्यले जेष्ठ नागरिकहरुको भरोसा र आर्शिवादलाई शिरमा राखी नगरबासी जनतालाई केन्द्रमा राखेर अगाडि बढेको बताए । उपप्रमुख बिमला सापकोटाले जेष्ठ नागरिकलाई एकै ठाँउमा जम्मा भइ आफ्नो अनुभव साट्ने थलो विस्तार गर्ने तयारीमा नगरपालिका जुटेको जानकारी दिनुभयो।


उपप्रमुख सापकोटाले जेष्ठ नागरिक भएको घरमा बालबालिकालाई कुपोषण नहुने, विद्यालयका कक्षाबाट नभाग्ने र आपराधिक क्रियाकलापमा संलग्न नहुने अध्ययनले देखाएको चर्चा गर्दै जेष्ठ नागरिकको सेवामा लाग्न आग्रह गरेका थिए।

कार्यक्रममा बनेपा -६ का वडाध्यक्ष सचितानन्द केसीले ‘देशको जनसाङ्‌ख्यिक संरचनामा आएको परिवर्तनसँगै बढ्दो ज्येष्ठ नागरिकको समुचित व्यवस्थापनमा थपिएका चुनौतिहरूको सामना गर्न राज्यका सबै निकायहरू संवेदनशील हुन आवश्यक रहेको कुरामा जोड दिनुभयो ।’ उनले भने, ‘जेष्ठ नागरिकहरूले जीवनपर्यन्त परिवार तथा समुदायबाट साथ र सहयोग प्राप्त गरिराख्‍ने अवस्थाको सिर्जना गर्न र एकल तथा असहाय जेष्ठ नागरिकको उचित हेरचाहको आवश्यक छ।'


ज्येष्ठ नागरिकको सुखमय जीवनयापनको सुनिश्‍चिततासँग जोडिएका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरेको वडाध्यक्ष केसीको भनाई थियो। ‘ज्येष्ठ नागरिकको महत्वपूर्ण ज्ञान, सीप, अनुभव, आदर्श तथा नैतिक दर्शनले राष्ट्रको दीर्घकालीन हित र विकासको लागि मार्गदर्शन प्रदान  विचार राख्नुहुँदै वडाध्यक्ष केसीले सबै ज्येष्ठ नागरिकहरूको सम्मानित, आरोग्यपूर्ण र सुखमय जीवनयापनको सुनिश्‍चिततासँग जोडिएका विषयलाई  नगरले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रयास गरेको जानकारी दिनुभयो।’

बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईंले जेष्ठ नागरिकको हित हुनेगरी बजेटमै समावेश गरेर नयाँ कार्यक्रम ल्याएको बताए। उनले नगरपालिकाले ज्येष्ठ नागरिकको क्षेत्रमा नगरपालिकाले नयाँ अभ्यास गर्न खोजेको बताए। ‘यो काममा सम्भवतः जिल्लाकै पहिलो वडा हाम्रो वडा भएको छ।’ उनले दाबी गरे। उनले वडाले लागू गरेको कार्यक्रमको अन्य वडाले अनुसरण गर्ने समेत बताए।


कार्यक्रममा वडा सदस्य लालकृष्ण तिमल्सिना, नेकपा एमालेका वडा कमिटी अध्यक्ष राजेन्द्र थापा, नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष लक्ष्मी बल, नेपाली कांग्रेसका राजु मानन्धर, बनेपा नगर स्तरीय जेष्ठ नागरिक समन्वय समितिका संयोजक कृष्णप्रसाद दाहाल, समाजसेवी रामशरण केसी, भक्तेश्वर माबि बनेपाका प्रअ दामोदर गौतम, वडा महिला मञ्चका उपसचिव रेखा न्यौपाने लगायतले शुभकामना मन्तब्य राख्दै सहजता पूर्वक जीवनयापन गर्न, समाजमा घुलमिल गर्न र संस्थागत कार्य गर्न कार्यक्रम उपयोगी हुने बताए। 

कार्यक्रममा वडाध्यक्ष केसीले १३ जना जेष्ठ नागरिकलाई दोसल्ला, प्रमाणपत्र र लौरो दिएर सम्मान गरेका थिए । जेष्ठ नागरिकहरु दुर्गाप्रसाद तिमल्सिना, रत्नकुमारी आचार्य र बच्छली परियारलाई ब्लांकेट, हर्लिक्स, लौरो सहित दोसल्ला ओढाइ विशेष सम्मान गरेका छन्। 

यसैगरी जेष्ठ नागरिक सम्मान अन्तर्गत पुरुषतर्फ सूर्यकुमार बैदार, धनेश्वर बैदार, रामजी थापा, अर्जुनबहादुर कार्की, उद्धप्रसाद भुर्तेल तथा महिलातर्फ इन्द्रकुमारी तिमल्सिना, मैया केसी, ठाकुर कुमारी न्यौपाने, सन्तकुमारी थापा र बाटुली दाहाल रहेका छन्। कार्यक्रमको सभापतित्व शिवहरि दाहाल र सञ्चालन विरबहादुर तामाङले गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार