मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

समाज/राजनीति
चुनबाङ पुगेर शान्ति यात्राको स्मरण

Thearaniko Times 1402+ समाचार ( )
२ फाल्गुन २०८२, शनिबार

रुकुम पूर्व, २ फागुन

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तात्कालिन नेकपा (माओवादी)को ऐतिहासिक केन्द्रीय समिति बैठक बसेको स्थान चुनबाङ को भेरीडाँडा क्षेत्रको अवलोकन गर्नुभएको छ। प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनु भएका प्रचण्ड मतदाता भेटघाटकै क्रममा आज बिहान उक्त ऐतिहासिक स्थल पुग्नु भएको हो।

वि.सं. २०६२ साल असोज महिनामा चुनबाङमा बसेको माओवादी केन्द्रीय समितिको बैठकलाई नेपालको राजनीतिक यात्रामा निर्णायक मोडका रूपमा लिइन्छ। सो बैठकले लोकतान्त्रिक गणतन्त्रको अवधारणा अघि सार्दै संसदवादी दलहरूसँग सहकार्यको मार्ग प्रशस्त गरेको थियो। त्यही बैठकबाट केन्द्रीय समितिको आकार ९५ सदस्यबाट ३५ जनामा सीमित गरिएको थियो, जसले संगठनात्मक रूपान्तरणको संकेत गरेको मानिन्छ।

भ्रमणका क्रममा संयोजक प्रचण्डले उक्त बैठकस्थल, आफू र पत्नी सीता दाहाल बस्नुभएको कोठा, छोरा प्रकाश दाहाल तथा अन्य नेताहरू बसेका स्थानहरूको अवलोकन गर्नुभयो। परिवारका सदस्यहरूबारे उठेका जिज्ञासामा उहाँ केही भावुक देखिनु भयो र नेपाली क्रान्तिको प्रक्रियामा उनीहरूको योगदान रहेको छोटो प्रतिक्रिया दिनुभयो।

चुनबाङ बैठकले सशस्त्र संघर्षलाई शान्ति र लोकतान्त्रिक गणतन्त्रको बाटोतर्फ मोडेको उल्लेख गर्दै प्रचण्डले रुकुमलाई क्रान्तिको थालनी र शान्ति स्थापनासँग जोडिएको जिल्ला भएको बताउनु भयो।

आजै उहाँ चुनबाङकै गैरीगाउँमा मतदाता भेटघाट गर्नुहुने कार्यक्रम छ भने त्यसपछि पुथा उत्तरगंगा गाउँपालिकाको तकसेरामा पनि मतदातासँग संवाद गर्नुहुनेछ।

गत तीन दिनदेखि प्रचण्ड रुकुम पूर्वमा रहेर चुनावी भेटघाटमा सक्रिय हुनुहुन्छ। रुकुम पूर्व लुम्बिनी प्रदेशअन्तर्गतको एकमात्र पहाडी जिल्ला हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार