मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

प्रवास समाचार
बोस्टनमा सम्पन्न अन्तर्क्रिया कार्यक्रम उत्साहवर्द्धक : नारायणकाजी श्रेष्ठ

Thearaniko Times 1398+ समाचार ( )
१ श्रावण २०८२, बुधवार

बोस्टन, अमेरिका

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अमेरिका, बोस्टनमा सम्पन्न एनआरएनए म्यासाचुसेट्स च्याप्टरको समसामयिक अन्तर्क्रिया कार्यक्रमलाई उत्साहवर्द्धक बताएका छन्।

हार्वर्ड र एमआईटीजस्ता विश्वविख्यात विश्वविद्यालयहरूको सहर बोस्टनमा आयोजना भएको कार्यक्रममा नेपाली समुदायसँग सघन अन्तरक्रिया भएको उनले बताएका हुन्। उक्त कार्यक्रम एनआरएनए म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रचण्ड श्रेष्ठको सभापतित्वमा र उपाध्यक्ष राजु गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो।

कार्यक्रममा एनआरएनए अमेरिकाका उपाध्यक्ष प्रेम तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने समाजसेवी मिलान गुरुङले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रममा विचार राख्दै श्रेष्ठले नेपाल र प्रवासी नेपालीबीचको सम्बन्ध, प्रवासीको भूमिका र योगदान, राष्ट्रिय समृद्धि तथा सामाजिक उत्तरदायित्वका विविध पक्षबारे आफ्ना धारणा राखेका थिए।

श्रेष्ठका अनुसार कार्यक्रममा उपस्थित प्राध्यापक, बुद्धिजीवी, पत्रकार, समाजसेवी र व्यवसायीहरूबाट विविध सुझाव, प्रश्न र जिज्ञासाहरू उठेका थिए, जसलाई उनले सकेसम्म सम्बोधन गर्ने प्रयास गरेको बताए।

वैज्ञानिकहरूसँग विशेष भेटघाट

उक्त दिन श्रेष्ठले बोस्टनस्थित MGH Cancer Center मा कार्यरत नेपाली अनुसन्धानकर्ता र वैज्ञानिकहरूसँग पनि भेटघाट तथा छलफल गरेका थिए। छलफलमा सहभागी वैज्ञानिकहरूमा डा. जितेन्द्र श्रेष्ठ, डा. डण्ड चापागाईं, डा. सुनिल पौडेल, डा. अमरप्रसाद गुप्ता, डा. शैलेन्द्र ढकाल, डा. निराजन श्रेष्ठ, डा. अनिल उप्रेती, डा. राजकुमार पन्त, रञ्जन मास्के र सिता श्रेष्ठ थिए।

"उहाँहरू सबैले नेपालको समृद्धिका लागि अनुसन्धानमार्फत योगदान पुर्‍याउने विशिष्ट सुझावहरू दिनुभयो," श्रेष्ठले बताए।

श्रेष्ठले उनीहरूले सञ्चालन गरिराखेको प्रयोगशालाको अवलोकन गर्ने अवसर पनि पाएको उल्लेख गर्दै सबै वैज्ञानिकप्रति आभार प्रकट गरे।

व्यक्तिगत भेटघाट र आभार

बोस्टन बसाइका क्रममा उनले आफूलाई आतिथ्यता दिएका प्रचण्ड श्रेष्ठ तथा उनको परिवार, राजु गुरुङ, अनिल श्रेष्ठ, सुबोध श्रेष्ठ, उत्सव गुरुङ, मिलन गुरुङ, प्रेम तामाङ लगायतका सबैप्रति आभार व्यक्त गरेका छन्।

"दाजु प्रेमचन्द्र श्रेष्ठ र भाउजूलाई भेट्दा अत्यन्त खुसी लाग्यो। विरोचन नेपाललाई धेरै पछि भेट्दा गहिरो प्रसन्नता अनुभव भयो," उनले भने। त्यस्तै, छोरी प्रतिमा, भाइ राजकुमार र बुहारीसँग भेट हुँदा पनि खुसी लागेको उनले उल्लेख गरे।

श्रेष्ठ हाल बोस्टनबाट वाशिङ्टनतर्फ प्रस्थान गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार