धुलिखेल । केन्द्रीकृत शासन व्यवस्था हटेर मुलुक संघीयता कार्यान्वयनको चरणमा गएपछि दोस्रो पटक स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचनले स्थानीय तहमा माहौल गर्माएको छ । विभिन्न राजनीतिक दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दर्ता गराइएको छ । केहीले स्वतन्त्र रुपमा पनि उम्मेदवारी दिएका छन् । उम्मेदवारहरु गाउँ÷नगर विकास गर्ने एजेण्डा बोकेर जनताको घरदैलोसम्म पुगिरहेका छन् । विगतमा भन्दा यसपटक चुनावी मैदानमा युवा उम्मेदवारहरु धेरै छन् ।
द अरनिको टाइम्सले विभिन्न पदमा उम्मेदवारी दिएका फरक–फरक व्यक्तिहरुसँग उनीहरुको पृष्ठभूमि, सामाजिक योगदान, विकासका एजेण्डालगायतका विषयमा जान्ने प्रयास गर्दै आएको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धनबाट धुलिखेल नगरपालिकाको मेयर पदका उम्मेदवार दयासागर २०२६ सालमा हालको धुलिखेल – ६, अस्पताल मार्गमा जन्मिएका हुन् । बाल्यकाल साधारण रुपमा व्यतित गरेका उनको राजनीतिक यात्रा २०४३ सालमा अखिलबाट सुरु भएको हो । विद्यार्थी जीवनमा नै वामपन्थी राजनीतिमा प्रवेश गरेका श्रेष्ठले २०४६ को प्रजातन्त्र पुर्नस्थापनाको लागि जनआन्दोलनमा अमृत साइन्स क्याम्पसमा पञ्चायती ब्यवस्था बिरुद्धको बिद्यार्थी आन्दोलनको संयोजन गरेका थिए । २०४८ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संगठित सदस्य रही काम गरेका श्रेष्ठ २०५१ मा धुलिखेल नगरको प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको संस्थापक अध्यक्ष तथा काभ्रे जिल्लाको जिल्ला कमिटी सदस्यको रुपमा रही काम गरेका थिए। यसैगरी २०५१ मा जिल्ला खेलकुद विकास समितिको सचिवको रुपमा काम गरेका श्रेष्ठ २०५१ मै नेकपा (एमाले) धुलिखेलको नगर कमिटीको सदस्य तथा सल्लाहकार र २०५४ को स्थानीय निर्वाचनमा नेकपा एमालेको निर्वाचन परिचालनको संयोजन गरेको बताइयो । यसका साथै २०७४ मै स्थानीय निर्वाचनमा नेकपा एमालेको प्रतिबद्धता पत्र तयार गर्न योगदान गरेका श्रेष्ठले २०७७ प्रतिनिधि सभा बिघटनको बिरुद्धको संयुक्त संघर्ष समिति धुलिखेलको संयोजकको रुपमा भूमिका खेलेको र २०७८ भाद्रदेखि नेकपा(एकीकृत समाजवादी) जिल्ला कमिटीको सचिवालय सदस्य रहेर भूमिका निर्वाह गर्दै आएका छन्। गत अशोजदेखि नेकपा (एकीकृत समाजवादी) नगर कमिटीको अध्यक्ष पदमा रही क्रियाशिल श्रेष्ठ ५ दलीय गठबन्धनको तर्फबाट नगर प्रमुख पदका उम्मेदवार बनेका छन्।
त्रिचन्द्र वहुमुखी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका श्रेष्ठले क्यगतज ब्कष्ब क्ष्लकतष्तगतभ या त्भअजलययिनथ बाट प्रादेशिक विकास योजना तथा ब्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । स्थानीय विकास शासन, दिगो विकास लक्ष्य, विकास योजना तर्जुमा तथा ब्यवस्थापनमा बिषय बिज्ञता रहेका श्रेष्ठसँग दिगो विकास लक्ष्य राष्ट्रिय संजाल राष्ट्रियको संयोजक, दिगो विकासको लागि राष्ट्रिय अभियान नेपालको अध्यक्ष, दक्षिण ब्कष्ब(एबअषष्अ च्भनष्यलब िऋक्इ भ्लनबनझभलत ःभअजबलष्कmक ९ब्ए(च्ऋभ्ः० एशिया संयोजक, ब्अतष्यल ायच क्गकतबष्लबदभि म्भखभयिऊभलत का एशिया प्रतिनिधि, बिपद् ब्यवस्थापन राष्ट्रिय संजालका सचिव, आर्थिक सामाजिक सांस्कृतिक अधिकार राष्ट्रिय संजालका सदस्य, गैरसरकारी संस्था महासंघ नेपालका कार्यकारी निर्देशक, जिल्ला विकास समिति महासंघ नेपालका राष्ट्रिय संयोजक, संयुक्त राष्ट्र« संघीय विकास कार्यक्रमको तथ्यांक विशेषज्ञ, बिकेन्द्रित स्थानीय शासन सहयोग कार्यक्रमका कार्यक्रमका अधिकृत, स्थानीय विकास कोष, जिल्ला विकास समिति, काभ्रेका कार्यकारी सचिव जस्ता कार्य अनुभव रहेका छन् ।
यस्तै उहाँले अमेरिका, दक्षिण अफ्रिका, केनिया, फ्रान्स, फिलिपिन्स, जापान, सिंगापुर, मंगोलिया, जर्जिया, श्रीलंका, बंगलादेश, मंगोलिया, थाइल्याण्ड, दक्षिण कोरिया जस्ता मुलुकहरुमा वैदेशिक कार्यक्रममा सहभागिता जनाएका छन् ।
पाँच दलीय गठबन्धनबाट धुलिखेल नगरपालिकाको मेयर पदका साझा उम्मेदवार दयासागर श्रेष्ठले दिगो विकास र सुशासन मूल एजेण्डा धुलिखेल नगरको विकासका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रतिबद्धताहरु समेत सार्वजनिक गरेका छन् । प्रतिबद्धतामा आर्थिक विकास अन्र्तगत नगरभित्र गरिबीको अन्त्य गर्ने, दिगो कृषिको प्रवर्धन गर्दै सबै परिवारहरुमा खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिश्चित गर्ने, सबै किसिमको आर्थिक, सामाजिक, भौगोलिक असमानता कम गर्ने, रोजगारी सृजना र बिस्तार गर्दै मर्यादित कामको प्रवर्धन गर्ने, दिगो औद्योगीकरण र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने रहेका छन् । यसैगरी सामाजिक विकास अन्र्तगत सबैको स्वस्थ सेवामा समान पहुँच सुनिश्चित गर्दै स्वस्थ जीवन जिउने ब्यवस्था गर्ने, सबैको लागि समावेशी तथा समतामूलक गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने, लैङ्गिक समानता हासिल गर्न सबै महिला, किशोरी र बालिकालाई सशक्तिकरण गर्ने, सीमान्तकृत र जोखिममा रहेकाहरुको संरक्षण गर्दै समावेशी विकासलाई प्रबर्धन गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छन् । साथै पूर्वाधार विकासको क्षेत्रमा पनि प्रतिबद्धता पत्रमा भनेका छन्–‘सबैका लागि स्वच्छ पानी र सरसफाईको उपलब्धता गराउने, स्वच्छ र नविकरणीय उर्जामा पहुँचको बिस्तार गर्ने, सडक संजाल, बसपार्क, बिद्युतीकरण, संचार सुविधा, भवन, इन्टरनेट जस्ता पूर्वाधारमा थप विकास गर्ने, सबैलाई आवासको ब्यवस्था गर्दै मानव बसोबासलाई उत्थानशिल र सुरक्षित बनाउने ।’
प्राकृतिक श्रोत, वातावरण र बिपद् ब्यवस्थापन अन्र्तगत बिपद् जोखिम न्यूनिकरण गर्ने, सबैखाले प्रदुषणहरु नियन्त्रण गर्दै नगरभित्रको पर्यावरण संरक्षण गर्ने, जलवायु परिवर्तन र त्यसको प्रभाव नियन्त्रण गर्न आवश्यक कार्यहरु गर्ने, नगरभित्रको जलश्रोतको संरक्षण गर्दै त्यसको दिगो उपयोग गर्ने, भूमिको योजनाबद्ध दिगो उपयोग, वनको दिगो व्यवस्थापन, भुक्षय रोक्ने तथा जैविक विविधताको संरक्षण गर्ने कुरा उल्लेख छ । सुशासन र संस्थागत विकास अन्र्तगत नगरमा शान्ति, सुरक्षा र समावेशी समाजको प्रवर्धन गर्ने, सबैको न्यायमा पहुँच सुनिश्चित गर्ने, नगरपालिका र मातहतका निकायहरुलाई पारदर्शी, प्रभावकारी, जवाफदेही र समावेशी बनाउने, भ्रष्टाचारप्रति शुन्य सहनशिलता नीति अवलम्बन गर्दै स्थानीय सुशासनप्रबर्धन गर्ने, साझेदारीको विकास गर्दै बित्तीय स्रोत लगायत विकासका साधनहरु परिचालन गर्ने जस्ता कार्यक्रम रहेका छन् । धुलिखेल नगरपालिकाको नेतृत्व एकीकृत समाजवादीको भागमा परेपछि श्रेष्ठलाई उम्मेदवार बनाइएको हो ।