मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

१५औं जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : दोस्रो दिन खेल जारी

Thearaniko Times 1398+ समाचार ( )
२८ पौष २०८०, शनिबार
बनेपा २८ पुस । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ १५औं जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज दाेस्रो दिन पनि जारी रहेको छ । आजको खेलमा कबड्डी, भलिबल, एथलेटिक्स र तेक्वान्दो खेल प्रतियोगिता भईरहेको छ ।

प्रतियोगिता शुक्रवारबाट बनेपामा सुरु भएको हो । भलिबल, एथलेटिक्स, कराते, तेक्वान्दो, कबड्डी र उसु खेलहरु गरी ६ वटा विधामा प्रतियोगिता भईरहेको छ । जसमध्ये कराँते खेल भने शुक्रवार नै सम्पन्न भईरहेको जिल्ला खेलकुद विकास समिति काभ्रेपलाञ्चोकका अध्यक्ष मानवीर लामाले बताउनुभयो । तेक्वान्दो, भलिबल, कबड्डी र उसुको बनेपा नगरपालिका वडा नं. ६ बुडोलस्थित कबर्ड हलमा भईरहेको छ । भने एथलेटिक्सको भने वडा नं. ५ को चाईना टाउन खेलमैदानमा भईरहेको छ । जसमा जिल्लाका १३ वटा पालिकाका करिब ९५० जना भन्दा बढी विद्यार्थी खेलाडीहरु सहभागि छन् । त्यसरी प्रतियोगितामा सहभागि भईरहँदा बजेट अभाव रहेको आयोजकले जनाएको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानवीर लामाले कम बजेटले नियमित रुपमा गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । खेलकुद विकासको लागि भूमिका खेल्नुपर्ने खेलकुद क्षेत्रमा नियमित कार्यक्रम राष्ट्रपति रनिङ शिल्ड बाहेक अरु शिर्षकमा बजेट नै नहुने भएकाले समग्र खेल क्षेत्रको विकासका लागि पनि त्यसरी नै बजेट व्यवस्थापन गर्न राज्यले आवश्यक बजेट व्यवस्थापन गर्नुपरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार