मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

माओवादी केन्द्र र माओवादी समाजवादीले पार्टी एकता गर्ने

Thearaniko Times 1402+ समाचार ( )
२६ माघ २०७९, बिहीबार

काठमाडौं। नेकपा माओवादी केन्द्र र नेकपा माओवादी समाजवादीबीच एकता वार्ता भएको छ। माओवादी केन्द्रको मुख्यालय, पेरिसडाँडामा भएको उक्त वार्तामा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पार्टी एकता वार्ता समितिका संयोजक कृष्णबहादुर महरा र उपमहासचिव एवम् समितिका सदस्य गिरिराजमणि पोखरेल तथा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी(सुशील) र उपाध्यक्ष उपाध्यक्ष तिलक मगर सहभागी थिए।

वार्तामा दुई पार्टीको एकताका बैचारिक आधारबारे खुलेर छलफल भएको र निकट दिनमै एकता गरेर अगाडि बढ्ने सहमति भएको बुझिएको छ।

बुढाथोकी र मगर दुबै माओवादी तर्फबाट संविधानसभा सदस्य थिए। माओवादी केन्द्र र एमालेबीचको एकताप्रति असहमत भएर गोपाल किराँतीले माओवादी केन्द्र नाममै राजनीतिक सक्रियता जारी राखेपछि उनीहरू दुबैजना किराँती समुहमा थिए। पछि किराँतीले बैचारिक अस्पष्टता देखाएको भन्दै उनलाई हटाएर बुढाथोकी अध्यक्ष भएका थिए। र, पार्टीको नाम परिवर्तन गरी नेकपा माओवादी समाजवादी बनाएका थिए। देशव्यापी पार्टी संयन्त्र भएको माओवादी समाजवादी विप्लव, आहुती, ऋषि कट्टेल समेत सम्मिलित संयुक्त मोर्चाको एक सक्रिय पार्टी हो।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय  बैठकले बिचार मिल्ने बाम दलहरूबीच एकताका लागि वार्ता समिति नै बनाएको थियो। समितिले धेरै घटकहरूबीच औपचारिक-अनौपचारिक एकता वार्ता सम्पन्न गरिसकेको छ। उपाध्यक्ष महराको संयोजकत्वमा गठित समितिमा महासचिव देव गुरुङ, उपमहासचिवहरू  गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार