मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री नियुक्त

Thearaniko Times 1402+ समाचार ( )
२४ पौष २०७९, आइतबार

विराटनगर,/प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतबहादुर कार्की नियुक्त भएका छन्।

आइतबार ५ बजेर १५ मिनेटमा प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्रीमा कार्कीलाई नियुक्त गरेका हुन्। कार्की नेकपा माओवादी केन्द्र, राप्रपा, जसपाका ६० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।

प्रदेशसभामा एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ जना प्रदेशसभा सदस्यले कार्कीलाई समर्थन गरेका हुन्।

कार्कीले आजै प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।

खापुनले पुस १७ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए। सोहीअनुरूप कार्कीले आज अपराह्न ४:१५ बजे दाबी पेस गरेका थिए। मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले दाबी गरे पनि अन्तिम समयसम्म माओवादी लचिलो बनेपछि कार्कीले मौका पाएका हुन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट मानिन्छन्। कार्की ओलीकै क्षेत्रबाट लगातार दुई पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

५८ वर्षीय कार्की झापा ५ को (१) बाट प्रदेशसभामा निर्वाचित भएका हुन्। एमाले स्थायी कमिटी सदस्यसमेत रहेका कार्की प्रदेश १ का पूर्वमन्त्रीसमेत हुन्।

उनले नेकपा विभाजन नहुन्जेल आन्तरिक मामिला तथा कानून मन्त्रालय हाँकेका थिए। साढे तीन वर्ष मन्त्री बनेका उनी अघिल्लो कार्यकालमै मुख्यमन्त्री बन्न सक्थे। तर उनले आफूभन्दा जुनियर रहेका दुई नेतालाई पालो दिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार