मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

पुर्नगठन दिवसमा विभिन्न कार्यक्रम , संगठनको काममा जोड गरों–वाइवा

Thearaniko Times 1398+ समाचार ( )
९ भाद्र २०७९, बिहीबार

बनेपा/नेकपा (एकीकृत समाजवादी)ले आज देशैभरी पार्टी पुर्नगठन दिवस मनाएको छ । एमालेबाट विद्रोह गरेर निर्वाचन आयोगमा दर्ता भएको भदौ ९ गतेको दिनलाई नेकपा(एकीकृत समाजवादी)ले पुर्नगठन दिवस मनाएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा(एकीकृत समाजवादी)का केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज टोकबहादुर वाईबाले केपी ओलीको तानाशाही व्यवहारका कारण एमालेमा विद्रोह गर्नुपरेको बताउनुभयो । जिल्ला ईन्चार्ज वाइवाले नेकपा एकीकृत समाजवादीको स्थापना दिवसमा शुभकामना आदानप्रदान गर्दै संगठनको गतिविधिलाई तीब्रता दिन निर्देशन दिनुभयो ।

ईन्चार्ज वाईबाले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुँदा आफुहरुको अस्तित्व नै मेटाउने गरी कांग्रेस र माओवादी लागिपरेको भन्दै संघ र प्रदेशका निर्वाचनमा सजगताका साथ अगाडि बढ्ने जानकारी दिनुभयो । इन्चार्ज वाइवाले अगाडि भन्नुभयो–‘हामीलाई स्थानीय तहको निर्वाचनमा पेल्न सकेजति गठबन्धनका दलहरुले पेले । मंसिर ४ गते हुने निर्वाचनमा त्यसो हुन नदिन केन्द्रीय तहबाटै सहजीकरण गर्न आग्रह गरिरहेका छौँ । हामीले संगठनको कामलाई तीब्रताका साथ अघि बढाउन पहल गरौं ।’

पार्टी उपाध्यक्ष दिपक कुमार गौतमको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य एवं काभ्रे जिल्ला सह–ईन्चार्ज मुकुन्द्र गौतम र बालकृष्ण लम्साल, प्रदेश कमिटी सचिव लक्ष्मण लम्साल, जिल्ला अध्यक्ष बसुन्धरा हुमागाई, बागमति प्रदेश सदस्य तेजबहादुर खड्का, जिल्ला कमिटी उपसचिब यशु लामा, केन्द्रीय परिषद् सदस्य कल्पना श्रेष्ठ, युवा संघ नेपालका केन्द्रीय सचिब भेषराज शाह, अनेरास्ववियुका जिल्ला अध्यक्ष बदन भण्डारी, अखिल नेपाल महिला संघ (समाजवादी) का जिल्ला अध्यक्ष पासाङ डोल्मा तामाङ लगायत विभिन्न जनबर्गिय संगठन, पालिका कमिटीका पदाधिकारी सहभागि भएका थिए ।

जिल्लाको बनेपा, धुलिखेल, पनौती, मण्डनदेउपुर, नमोबुद्ध नगर कमिटीले पनि पार्टी पुर्नगठन दिवस मनाएको जिल्ला कमिटी सचिब गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार