मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

कुवेतको सरकारी स्वास्थ्य संस्थामा नेपाली हेल्थ टेक्निसियनको माग

Thearaniko Times 1369+ समाचार ( )
१९ माघ २०७९, बिहीबार

काठमाडौँ । कुवेतको सरकारी स्वास्थ्य संस्थामा नेपाली हेल्थ टेक्निसियनहरुलाई रोजगारको अवसर खुलेको छ ।

कुवेत सरकारको स्वास्थ्य मन्त्रालय मातहतमा चल्ने त्यहाँका सरकारी अस्पतालहरुमा योग्य नेपाली कामदारको माग गरेको हो । कुवेतको सिटी ग्रुप कम्पनीमार्फत टेण्डर प्राप्त गरी नेपाल स्थित बसुन्धारामा रहेको ओमेगा इन्टरनेशनल  प्रा.लि बीच नेपाली कामदार पठाउन सम्झौता भएको छ ।

कुवेतका सरकारी स्वास्थ्य संस्थाहरुमा फार्मेसी सहायक, रेडियोग्राफी र ल्याब टेक्निसियन गरेका नेपालीहरुलाई रोजगारको लागि माग गरेको ओमेगा इन्टरनेशनल प्रा.लि. ले जानकारी दिए । नेपालमा ठूलो रकम खर्च गरेर अध्ययन गरेका नेपाली विद्यार्थीहरुलाई यो अवसर आउनु निकै खुसीको विषय बनेको प्रा.लि. को दावी छ । कुवेतबाट करिब १७०८ जना कामदारको माग भएको छ ।

दैनिक आठ घण्टा काम र हाप्तको एक दिन छुट्टि हुने उक्त सेवामा प्रत्येक डिप्लोमा गर्ने कामदारहरुलाई १ लाख ७ हजारभन्दा माथि पारिश्रमिक हुने व्यवस्था रहेको बताएको छ । त्यस्तै बिएस्सी गरेकालाई १ लाख ३० हजारभन्दा बढी पारिश्रमिक पाउने व्यवस्था रहेको उल्लेख गरेको छ ।

उक्त कामका लागि डिप्लोमा र बिएस्सी उत्रिर्ण  गरेका विद्यार्थी, युवाहरुले नेपालमा न्युनतम २ वर्ष काम गरेको अनुभव चाहिने र आवश्यक कागजात उपलब्ध गराउनुपर्ने छ । सो काममा जान इच्छुक योग्यता पुगेका नेपालीले फेब्रुवारी अन्तिममा हुने परीक्षामा सहभागी भई पास गनुृपर्ने कम्पनी व्यवस्थापकले जनाएको छ । आवश्यक परमर्शा तथा जानकारीका लागि अफिसियल फेसबुक लिंक तथा अफिसमा सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार