मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

समाज/राजनीति
जेन्जी आन्दोलनपछिका चुनौती र अवसरबारे गोष्ठी : संपदा संरक्षणबारे फिचर लेखन तालिम सम्पन्न

Thearaniko Times 1369+ समाचार ( )
२९ मंगशिर २०८२, आइतबार

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिको आयोजना तथा फोनिज काठमाडौँ समितिको समन्वयमा सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम तथा जेन्जी आन्दोलनपछिको जनजाति पत्रकारहरूको अवस्थाबारे छलफल सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा शुक्रबार काठमाडौँको शङ्खरापुर नगरपालिका–३ जरसिङपौवास्थित घाङ ह्रि भ्यु रिसोर्टमा शुरु भएको दुईदिने कार्यक्रम बागमती प्रदेशभरिका करिब ५० जना आदिवासी जनजाति पत्रकारहरूको सहभागितामा सम्पन्न भएको हो ।

पहिलो सत्रको कार्यक्रमको उद्घाटन गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी तामाङको प्रमुख आतिथ्यतामा भएको थियो । उनले नेपालमा रहेका मूर्त तथा अमूर्त सम्पदाहरूको पहिचान गरी संरक्षण र प्रचार–प्रसार गर्नुपर्ने आवश्यकता औँल्याइन् । हरेक समुदायभित्र रहेका कला, संस्कृति, भाषा, रीतिरिवाज र परम्पराले नेपालको पहिचान जोगाइराखेको उल्लेख गर्दै त्यसको प्रवर्द्धनमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले आदिवासी जनजातिहरू एक हुन नसक्दा अवसर र अधिकार गुम्न सक्ने भन्दै एकताको आवश्यकता पनि औँल्याइन् ।




कार्यक्रममा फोनिज संघीय महासचिव समीर बलामीले नेपालका अधिकांश सम्पदाहरू आदिवासी जनजाति समुदायसँग जोडिएकाले त्यसको संरक्षण, जगेर्ना र अधिकार पनि आदिवासी जनजातिकै सरोकारसँग सम्बन्धित हुने बताए । फिचर लेखन तालिमले आगामी दिनमा सम्पदा संरक्षणका विषयमा प्रभावकारी लेखन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमको अर्को सत्रमा गोरखापत्र संस्थानका पूर्व कार्यकारी सम्पादक पुष्करलाल माथेमाले फिचर लेखनसम्बन्धी प्रशिक्षण दिएका थिए । उनले सम्पदा संरक्षण र प्रवर्द्धनमा पत्रकारिताको भूमिकाबारे चर्चा गर्दै लेखनका सैद्धान्तिक र व्यवहारिक पक्ष स्पष्ट पारे । अनुसन्धान, तथ्य र सन्तुलनलाई केन्द्रमा राखेर लेखन गर्नुपर्नेमा जोड दिँदै सनसनी र भ्यूजको पछि नलाग्न सहभागी पत्रकारहरूलाई सुझाव दिए ।




दोस्रो दिन जेन्जी आन्दोलनपछि आदिवासी जनजाति पत्रकारहरूको अवस्थाबारे कार्यपत्र प्रस्तुत गरिएको थियो । फोनिज बागमती प्रदेशका सल्लाहकार अमरध्वज लामाले प्रस्तुत गरेको कार्यपत्रमा आन्दोलनपछिको संक्रमणकालीन अवस्थामा पत्रकारले संयमता अपनाउनुपर्ने, पेशागत मर्यादा कायम गर्दै तथ्यमा आधारित पत्रकारिता गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

कार्यक्रमको समापन सत्रमा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सहभागी पत्रकारहरूलाई प्रमाणपत्र वितरण गरे । मन्तव्यका क्रममा उनले तथ्यमा आधारित र जिम्मेवार पत्रकारिताले मात्र समाजलाई सही दिशामा लैजान सक्ने बताए । अध्ययन, विश्लेषण र निरन्तर अभ्यासमार्फत खोजमूलक सामग्री नागरिकसमक्ष प्रस्तुत गर्न उनले आग्रह गरे ।




कार्यक्रममा लेखक जीवन श्रेष्ठले साखु र सालिनदी क्षेत्रका सांस्कृतिक सम्पदाबारे चर्चा गरेका थिए । फोनिज बागमती प्रदेशका अध्यक्ष युवराज श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने गोकर्णेश्वर नगरपालिकालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू सहकार्यमा अघि बढाइने बताए ।

फोनिज बागमती प्रदेशका महासचिव राजु नापितले सञ्चालन गरेको कार्यक्रममा फोनिज काठमाडौँका अध्यक्ष भिम लामाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा फोनिज संघीय कोषाध्यक्ष अर्जुन तामाङ, बागमती प्रदेश इञ्चार्ज सुरेन्द्रभक्त श्रेष्ठ, संघीय तथा प्रदेश समितिका पदाधिकारी, जिल्ला अध्यक्षहरू तथा प्रशिक्षार्थी पत्रकारहरूको उपस्थिति रहेको थियो ।
यसै क्रममा फोनिज बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठक पनि सम्पन्न भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार