मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

बाढी पहिरोबाट प्रभावित
भोटेकोशी बाढीमा फसेका ९ जनाको सकुशल उद्धार, अन्यको खोजी जारी

Thearaniko Times 1398+ समाचार ( )
२४ असार २०८२, मङ्गलबार

काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा आज बिहान आएको भोटेकोशी नदीको बाढीमा फसेका ९ जनाको सकुशल उद्धार गरिएको छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले संयुक्त रुपमा उद्धार कार्य सम्पन्न गरेको हो। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार उद्धार गरिएका सबै नेपाली नागरिक हुन्।

उनले थप जानकारी दिँदै भने, “बाढीका कारण हालसम्म ९ नेपाली नागरिकको उद्धार गरिएको छ। ८ जना चिनियाँ नागरिक, तीन जना प्रहरी र अन्य केही व्यक्ति भने अझै बेपत्ता छन्। एक जना प्रहरी भने नदीको बीचभागमा सुरक्षित अवस्थामा रहेको भन्दै सम्पर्कमा आएका छन्।”

बाढीले नेपाल–चीन सीमा जोड्ने मुख्य पुल बगाएको छ भने रसुवागढी जलविद्युत् आयोजना, भन्सार कार्यालय र अन्य भौतिक संरचनामा पनि ठूलो क्षति पुर्याएको छ।

साथै, सुख्खा बन्दरगाहमा पार्किङ गरिएको ७ वटा इभी (इलेक्ट्रिक) गाडीसमेत बाढीले बगाएको प्रहरीको भनाइ छ। हाल प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य तीव्र रूपमा जारी रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार