मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

राष्ट्रपति रनिङ शिल्ड तथा जिल्ला खेलकुद भवनको उद्घाटन मुख्य मन्त्री जम्कट्टेलले गर्ने

Thearaniko Times 1369+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

राष्ट्रपति रनिङ शिल्ड तथा  जिल्ला खेलकुद भवनको उद्घाटन मुख्य मन्त्री जम्कट्टेलले गर्ने

बनेपा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज जिल्ला खेलकुद बिकास समिति काभ्रेपलाञ्चोकको भवन तथा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्ने भएको छ ।

बागमती प्रदेश सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बनेको खेलकुद भवनको आज उद्घाटन हुन लागेकाे हो ।बागमती प्रदेशका पूर्व खेलकुद मन्त्री समेत रहेका बागमती प्रदेश सभा सदस्य रत्नप्रसाद ढकालको सक्रियतामा बनेपा नगरपालिका वडा नं. -६ बुडोलमा निर्माण गरेको बजेट व्यवस्थापन तथा स्थानीय समाजसेवीहरुको पहलमा जग्गा व्यवस्थापन गरी साँढे दूई तले भवन निर्माण सम्पन्न गरेपछि खेलकुद विकास समितिको कार्यालय आफ्नै भवनमा सरिसकेको छ । आर्थिक बर्ष २०७९/०८० मा निर्माण सम्पन्न गरेको हो । जसको औपचारिक उद्घाटन मुख्यमन्त्री जमकटेलले गर्ने भएको समितिका अध्यक्ष मानबीर लामाले बताए । 

भवन र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन तयारकिो लागि जिल्ला खेलकुद विकास समितिलेसमितिका पूर्व अध्यक्षहरु गोरे बहादुर थापा, बिकास श्रेष्ठ, तिर्थ पसखला, सौरभराज कायस्थ, कुमार थापा, जयबहादुर वाईवा, रघुवर चौप्रधान, सचितानन्द केसीसंग सल्लाह लिएर आवश्यक कार्ययोजना बनाएको जनाएको छ । 

राष्ट्रपति रनिङ शिल्डको तयारीको क्रममा विभिन्न विधाका खेलाडी, पुर्व अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी लगायत सँग छलफल गरेका थिए। त्यस्तै विधागत खेदहरु कराँते, तेक्वान्दो, कबड्डी, एथेलिटिक्स, जुडो, बक्सिङ, उसु, भलिवलका जिल्ला संघ लगायतका अध्यक्ष तथा खेलाडीहरुसंग कार्यक्रमबारे आवश्यक सुझाव लिएको थियो ।

यो पटक जिल्लास्तरीय प्रतियोगितामा ६ खेलहरु भलिबल छात्र, छात्रातर्फ, एथलेटिक्स, कराते, तेक्वान्दो, कबड्डी र उसु खेलहरुमा प्रतिस्पर्धा हुनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार