मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

बनेपा नगरपालिकाको अर्धवार्षिक समीक्षा गोष्ठी

Thearaniko Times 1402+ समाचार ( )
२६ माघ २०८०, शुक्रबार

बनेपा/बनेपा नगरपालिकाको आयोजनामा संचालित आ.ब. २०८०।०८१ मा बनेपा नगरपालिकाबाट सम्पादित योजना तथा कार्यक्रमहरुको अर्धबार्षिक समीक्षा गोष्ठी संपन्न भएको छ।

नगरप्रमुख शान्तिरत्न शाक्यले गमलामा पानी हालेर उद्घाटन गर्नुभएको गोष्ठीमा प्रशासन शाखा, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा, योजना शाखा, शिक्षा शाखा, स्वास्थ्य शाखा, कानुन शाखा, लेखा शाखा, राजश्व शाखा, कृषि शाखा, पशु सेवा शाखा, भूमि व्यवस्थापन शाखा, जिन्सी शाखा लगायत विभिन्न शाखाहरुले आफ्ना शाखाको वार्षिक योजना र गतिविधिहरु प्रस्तुत गरेका थिए।

नगर प्रमुख शाक्यले आफु निर्वाचित भएर आएपछि सबै शाखाका प्रमुखहरुलाई प्रगति विवरण प्रस्तुत गर्न निर्देशन दिएको र सोहि अनुरुप अहिले दोस्रो पटक शाखाका गतिविधि प्रस्तुत भएको बताउनुभयो।

मेयर शाक्यले नगरपालिकाको आमुल सुधारका लागि नीतिगत रुपमा गर्नुपर्ने सबै खालका काम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । ‘हामी काभ्रे जिल्लाको पहिलो नगरपालिका हौं। हामीले धेरै कुरा गर्नु छ । नीतिगत रुपमा हामीले गर्नुपर्ने के–के हुन्, गर्न तयार छौँ । नगरपालिका सधै पहिलेकै जसरी चल्न सक्दैन । चल्न दिनु हुँदैन । किनभने हामी नयाँ ब्यक्ति आएका छौँ ।’ मेयर शाक्यको भनाई थियो । 

उपप्रमुख बिमला सापकोटा दाहालले नगरपालिकाले राम्रो काम गर्दा सबै नागरिकको शिर उच्च हुने भन्दै नगरपालिकाको समग्र विकासका लागि गरिने सबै प्रकारका गतिविधिमा साथ र सहयोग रहने बताउनुभयो । उपप्रमुख सापकोटाले अगाडि भन्नुभयो-‘अहिले हामी नगरपालिकाको जिम्मेवार ठाउँमा छौँ । नगरबासीमा हामीले गर्ने सबै निर्णयको असर पर्छ । त्यसैले राम्रो कामका लागि गरिने सबै निर्णयहरुमा एकले अर्कोलाई साथ, सहयोग र समर्थन गर्दै अघि बढ्नुपर्छ । हामीले धेरै कुरा सुधार गर्न आवश्यक छ । 

प्रमुख प्रशासकीय अधिकृत चापागाईले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन प्रशासन अधिकृत ध्रुवराज नेपालले गर्नुभएको थियो।

यसअघि गत अशोजमा वार्षिक समिक्षा प्रस्तुत गर्ने क्रममा शाखागत रिपोर्ट प्रस्तुत गरिएकाे थियो । अघिल्ला वर्षहरुमा जनप्रतिनिधि र  प्रशासकीय प्रमुखले मात्र योजना लगायत विभिन्न कार्यक्रमहरूको समिक्षा प्रतिवेदन प्रस्तुत गरिन्थ्यो।मुलुक संघीय संरचनामा गएपछि दोश्रोपटक बनेपा नगरपालिकाले यसरी शाखागत अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गरिएकाे हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार