मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

बनेपा नगरपालिकाले शुरु गरे शाखाहरुको गतिविधिको वार्षिक समिक्षा

Thearaniko Times 1398+ समाचार ( )
२५ अशोज २०८०, बिहीबार

बनेपा/बनेपा नगरपालिकाले पहिलो पटक आफु मातहत रहेका शाखागत वार्षिक समीक्षा प्रस्तुत गरेको छ । यसअघि  जनप्रतिनिधि र  प्रशासकीय प्रमुखले मात्र योजना लगायत विभिन्न कार्यक्रमहरूको समिक्षा प्रतिवेदन प्रस्तुत गरिन्थ्यो। मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक बनेपा नगरपालिकाले यसरी शाखागत वार्षिक प्रतिवेदन प्रस्तुत गरिएकाे हो।

२०७९ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनबाट मेयरमा निर्वाचित शान्ति रत्न शाक्य नेतृत्वको बनेपा नगरपालिका नेतृत्वले पहिलो पटक आज यसरी शाखागत रुपमा आर्थिक वर्ष २०७९/८० को बार्षिक समीक्षा गरेको बताइयो।

अधिकांश शाखा प्रमुखहरुले यसरी पहिलो पटक प्रगती प्रतिवेदन तयार पारेको बताए । यसअघिका वर्षहरुमा यस प्रकारको बार्षिक समीक्षा हुने गरेका थिएनन् । 

नगरप्रमुख शान्तिरत्न शाक्यले आफु निर्वाचित भएर आएपछि सबै शाखाका प्रमुखहरुलाई तपाईहरुको प्रगति विवरण दिनुस् भनेर मागेको बताउनुभयो। मेयर शाक्यले भन्नुभयो -उहाँहरुले मानिरहनुभएको थिएन । म निर्वाचित भएर आएपछि यसअघि दुई जना प्रमुख प्रशासकीय अधिकृतसँग काम गरेँ । तर उहाँहरुले यसरी शाखागत प्रगति कहिल्यै खोज्नु भएन ।’ 

मेयर शाक्यले नगरपालिकाको आमुल सुधारका लागि नीतिगत रुपमा गर्नुपर्ने सबै खालका काम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो । ‘हामी काभ्रे जिल्लाको पहिलो नगरपालिका हौं। हामीले धेरै कुरा गर्नु छ । हामीलाई एउटा कुशल प्रशासक चालिएको थियो । अहिलेको प्रमुख प्रशासकीय अधिकृतबाट सुधारको सुरुवात भएको छ । नीतिगत रुपमा हामीले गर्नुपर्ने के–के हुन्, गर्न तयार छौँ । नगरपालिका सधै पहिलेकै जसरी चल्न सक्दैन । चल्न दिनु हुँदैन । किन भने हामी नयाँ ब्यक्ति आएका छौँ ।’ मेयर शाक्यको भनाई थियो । 

उपप्रमुख बिमला सापकोटा दाहालले नगरपालिकाले राम्रो काम गर्दा सबै नागरिकको शिर उच्च हुने भन्दै नगरपालिकाको समग्र विकासका लागि गरिने सबै प्रकारका गतिविधिमा साथ र सहयोग रहने बताउनुभयो । उपप्रमुख सापकोटाले अगाडि भन्नुभयो;-‘अहिले हामी नगरपालिकाको जिम्मेवार ठाउँमा छौँ । नगरबासीमा हामीले गर्ने सबै निर्णयको असर पर्छ । त्यसैले राम्रो कामका लागि गरिने सबै निर्णयहरुमा एकले अर्कोलाई साथ, सहयोग र समर्थन गर्दै अघि बढ्नुपर्छ । हामीले धेरै कुरा सुधार गर्न आवश्यक छ । साढे एक वर्ष बितिसक्यो, काम गर्ने दौरानमा कता के नमिले जस्तो आभाष भैरहेको छ ।’ भन्नुभयो ।  

प्रमुख प्रशासकीय अधिकृत चापागाईले कार्यक्रममा समस्या र समाधानका खाका प्रस्तुत गर्नुभएको थियो । उहाँले आज प्रस्तुत गरिएको शाखागत वार्षिक समीक्षाको एकीकृत प्रगति प्रतिवेदन सहित यही ३० गते सार्वजनिक सुनुवाईको आयोजना गरिने जानकारी दिनुभयो। बढी भन्दा बढी नगरबासीको सहभागितामा हामी सार्वजनिक सुनुवाई गरी नगरबासीको सुझाव लिने र कार्यान्वयनका लागि गर्नुपर्ने काम थालनी गर्छौँ ।’ प्रमुख प्रशासकीय अधिकृत चापागाईको भनाई थियो ।  

बनेपा नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा ५२ प्रतिशत मात्रै खर्च भएको छ । आगामी वर्ष पूँजीगत खर्चलाई बढाउन आवश्वक रणनीति र कार्यतालिका सहित काम गर्ने प्रमुख प्रशासकीय अधिकृत चापागाईले बताउनुभयो । 

कार्यक्रममा प्रशासन शाखा, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा, योजना शाखा, शिक्षा शाखा, स्वास्थ्य शाखा, कानुन शाखा, लेखा शाखा, राजश्व शाखा, कृषि शाखा, पशु सेवा शाखा, भूमि व्यवस्थापन शाखा, जिन्सी शाखा लगायत विभिन्न शाखाहरुले आफ्ना शाखाले गरेका गतिविधि र वार्षिक योजना प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार