मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

काभ्रे जिल्ला बारको निर्वाचन
काभ्रे बारको निर्वाचनमा कानुन व्यवसायी जयराम थापा र हरिशरण दाहालको प्यानल बीच प्रतिष्पर्धा हुने

Thearaniko Times 1402+ समाचार ( )
१ कार्तिक २०८१, बिहीबार

धुलिखेल/काभ्रेपलाञ्चाेक जिल्लाकाे कानुन ब्यवसायीहरुको संगठन काभ्रे जिल्ला बार इकाईको निर्वाचन हुने भएको छ । कार्तिक ३ गतेको लागि तोकिएको निर्वाचनमा नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए) र समाजवादी प्रगतिशील कानून व्यवसायी एशोसिएसन (एसपिएलए) ले जयराम थापाकाे नेतृत्वमा संयुक्त उम्मेदवारी घोषणा गरेका छन् भने एमाले निकट हरिशरण दाहालको नेतृत्वमा केही माओवादी केन्द्र, वैद्य माओवादी र नेमकिपा निकट कानुन व्यवसायीहरुले उम्मेदवारी दर्ता गरेका छन्।

अधिवक्ता जयराम थापाको नेतृत्वमा बृहत लोकतान्त्रिक प्रगतिशिल समावेशी कानून ब्यवशायी प्यानल घोषणा गरिएको छ । उक्त समूहबाट उपाध्यक्षमा हरिशरण बस्नेत, सचिवमा प्राणनाथ न्यौपाने, कोषाध्यक्षमा पुष्पराज थापा, सहसचिवमा जमुना पसछे छन् । सदस्यहरुमा रमिता मानन्धर, परमात्माराम पराजुली, राजेन्द्र तिमल्सिना, श्रीकृष्ण वैजु श्रेष्ठ, प्रल्हाद गिरी, राजु लामा, महेन्द्र तामाङ र बुद्ध रत्न मानन्धर छन् । पार्षदमा जगत शाह, श्याम कृष्ण त्रिपाठी, सूर्य बहादुर गोले, कुमार थापा, राजु के.सी. र शान्ती धिताल छन् ।

 अधिवक्ता हरिशरण दाहालको नेतृत्वमा निरोजप्रसाद नेपाल उपाध्यक्ष, नारायणध्वज तामाङ सचिव, लालतारा अधिकारी सहसचिव, मुकुन्द मुनांकर्मी कोषाध्यक्ष तथा सदस्यहरुमा सुरज तिमल्सिना, सुरेन्द्र आचार्य, दिपेन्द्र दनुवार, सुरेश कुमार के.सी., राजेन्द्र पण्डित, सुविस्ता जोशी, उमा थापा, राजकुमार गौतमले मनोनयन दर्ता गरेका छन्। यसैगरी केन्द्रीय पार्षदमा विजयभक्त श्रेष्ठ, कुमारप्रसाद भट्टराई, श्याम कृष्ण खत्री, फडिन्द्र कार्की, खुबनाथ दुलाल र रामप्रसाद मानन्धर रहेका छन्। यता माओवादी निकट नेत्र सापकोटाले भने अध्यक्षमा छुट्टै उम्मेदवारी दिएका छन्। 

डेमोक्रेटिक लयर्स एशोसिएसन (डि एल ए) काभ्रेले एक सूचना जारी गरेर विभिन्न सामाजिक सञ्जालमा डिएलए को नाम जोडेर केही व्यक्तिले उम्मेदवारी घोषणा गरेको भन्दै त्यस्तो भ्रममा नपर्न अनुरोध गरेको छ । डिएलए र एसपिएलए का उम्मेदवार बाहेक अन्य उम्मेदवार नरहे नभएको हुँदा भ्रममा नरहन, नपार्न र नपर्न अनुरोध गरिएको डिएलए काभ्रेका अध्यक्ष महेश कुँवरले जानकारी दिए ।

न्यायपलिकाभित्र विकृति विसंगति बढ्दै गईरहेको सन्दर्भमा बारको भूमिका महत्वपूर्ण हुने गर्दछ । सर्वसाधारण नागरिकको न्यायमा पहुँच स्थापित गर्न र मानव अधिकारको रक्षाका लागि बारले लिने निर्णयले प्रभाव पार्ने हुनाले बारका गतिविधीलाई अर्थपूर्ण रुपमा हेरिन्छ । बार र अदालत एक अर्काका परिपूरक हुने भएकोले अदालतमा हुने सबैखाले गतिविधिमा बार वाचडगको भूमिकामा हुने अधिवक्ता दिपक शर्मा जंगमले बताउनुभयो ।

अधिबेशनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन हुने बताईएको छ । काभ्रे बार एकाईमा १ सय २३ सदस्यहरू छन् ।

प्रतिक्रिया

निरोज प्रसाद नेपाल १ कार्तिक २०८१, बिहीबार

समाचार त लेख्नु भएछ सर तर म नेपाली काङ्ग्रेसको 14 औं महाधिवेशन क्षेत्रीय प्रतिनिधि dla को सदस्य हु ।तर म हरिशरण दाहालको नेतृत्वमा बारको चुनाव लडदै छु । बिजय भक्त श्रेष्ठ dla काभ्रे को पुर्व अध्यक्ष हुनुहुन्छ ,दिपेन्द्र dla अरुपनी छ्न ।भ्रम हामिले होइन अरुले छरेका छ्न ।

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार