मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

सरकारी अस्पतालले निजी अस्पतालमा बिरामी रिफर नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन

Thearaniko Times 1375+ समाचार ( )
१७ भाद्र २०७९, शुक्रबार

धुलिखेल/जिल्लाको स्वास्थ्य अवस्थाका बारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिब, डब्ल्यू एचओका डाक्टर गोल्बा दोर्जे, १३ वटै पालिका प्रमुख, उपप्रमुख, काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति डाक्टर राम कण्ठ माकाजु, पालिकाका प्रमुख प्रशासकीय अधिकृत, पालिकाका स्वास्थ्य शाखा प्रमुख, अस्पतालका प्रमुख एवं प्रतिनिधि सहभागी धुलिखेलमा अन्तरक्रिया भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले शिक्षा, स्वास्थ्य मौलिक हक भनेर संविधानमा व्यवस्था गरेको र मौलिक हक भनेको जनताको अनिवार्य अधिकार भएको बताउनुभयो । आज धुलिखेलमा काभ्रेपलाञ्चोक जिल्लाको स्वास्थ्य अवस्थाका बारे आयोजित अन्तरक्रिया कार्यक्रमको उदघाटन गर्दै मन्त्री खापुङले यस्तो बताउनुभएको हो । 

प्रमुख अतिथि मन्त्री खापुङले अहिले पनि कैंयौं स्थानमा बाटो नहँुदा आमा र शिशुले अकालमा ज्यान गुमाउनु परेको अवस्था रहेको औल्याउनु भयो । शिक्षा र स्वास्थ्यमा सरकारले राम्रै बजेट खर्च गरेको जानकारी दिनुहुँदै पालिका स्तरको अस्पताल खोल्ने योजना रहेको मन्त्री खापुङको भनाई थियो । मन्त्री खापुङले स्वास्थ्य सेवालाई संघीयताको भावना र मर्म अनुसार नै देश ब्यापी काम गरिरहेको बताउनुभयो । नेपालमा स्वास्थ्य संस्थाको स्थायी संरचना रहेको भन्दै प्रत्येक पालिकामा ५ देखि १५ बेडसम्मको अस्पताल निर्माणको काम गरिरहेको बताउनुभयो ।

‘अहिले पछिल्लो कोभिडको भेरियन्टबाट जति जनाको ज्यान गएको छ । त्यसमा धेरै जसो कोभिड खोप नलगाएका ब्यक्ति हुनुहुन्छ । विज्ञको भनाई उदृत गर्दै मन्त्री खापुङले भन्नुभयो ।

मन्त्री खापुङले सरकारले ८ प्रकारका नसर्ने रोगको उपचारका लागि सहायता उपलब्ध गराउँदै आएको भन्दै कयौँ ब्यक्तिसम्म यो जानकारी नहुँदा प्रभावकारी हुन नसकेको बताउनुभयो । ‘नेपाल सरकारले स्वास्थ्यको क्षेत्रमा धेरै राम्रो योजना ल्याएको छ । यो योजना हरेक ब्यक्तिले थाहा पाउन आवश्यक छ । यसमा स्थानीय तहले आफ्नो नागरिक निरोगी बनाउन महत्वपूर्ण भूमिका खेल्नु पर्छ– मन्त्री खापुङले भन्नुभयो । मन्त्री खापुङले सरकारी अस्पतालबाट सकेसम्म निजी अस्पतालमा रिफर नगर्न निर्देशन दिनुभयो । मन्त्री खापुङले भन्नुभयो– ‘सरकारी अस्पतालको उपचार गुणस्तरीय छ । म प्रष्टसंग भन्न चाहान्छु सरकारी अस्पतालबाट उपचार सम्भव भएसम्म निजी अस्पतालमा बिरामी नपठाउनु होला । सबै सुविधा सरकारी अस्पतालमा सम्भव छ । 

कार्यक्रमको अध्यक्षता गर्नुहुँदै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम स्वास्थ्य उपचार नपाएको कारण कसैको ज्यान जानुहुँदैन। शिक्षा, स्वास्थ्य राज्यले मौलिक हकको रूपमा लिइन्छ तर व्यवहारमा लागु हुन्न अब ब्यवहारमा लागु हुने व्यवस्था मिलाउने वातावरण बनाउन सबैले प्रयत्न गर्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, प्राध्यापक डाक्टर रामकण्ठ माकजु, स्वास्थ्य सचिव रोशन पोखरेल लगायतका वक्ताहरुले स्वास्थ्य संघीय कार्यन्वयनको मुख्य इकाइ भएको बताउनुभयो । स्वागत जिल्ला समन्वय अधिकारी शान्तिराज प्रसाईंले गर्नुभयो । कार्यक्रममा जिल्लाको स्वास्थ्यको अवस्थाबारे ३ वटा कार्यपत्र प्रस्तुत भएको थियो । यसका साथै १३ वटा पालिकाको स्वास्थ्य अवस्थाबारे पालिका प्रमुख र स्वास्थ्य प्रमुखले रिपोर्टिङ गरेका थिए ।

प्रतिक्रिया

Mohan gadtaula २५ पौष २०८०, बुधवार

Congratulations to all

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार