मुख्य समाचार
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित | स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ सार्वजनिक | तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा |

खेलकुद
खानीखोलामा भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रम सम्पन्न

Thearaniko Times 1375+ समाचार ( )
१९ पौष २०८२, शनिबार

खानीखोला — खानीखोला गाउँपालिका–१ मा ह्रेम्बोर्छे युवा क्लबको आयोजनामा खुला वडा स्तरीय भलिबल प्रतियोगिता तथा बृहत् सांस्कृतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय परम्परागत धार्ने जात्राको अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो। प्रत्येक वर्ष पौष पूर्णिमाका दिन धार्ने जात्रा लाग्ने परम्परा रहँदै आएको छ।

पुस १४ गतेबाट सुरु भएको भलिबल प्रतियोगिता पुस १८ गतेसम्म सञ्चालन भएको थियो। प्रतियोगितामा १८ वटा टिमले सहभागिता जनाएका थिए। स्थानीय युवाहरूको खेलकुद क्षमता विकास गर्नुका साथै आपसी सद्भाव अभिवृद्धि र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

उद्घाटन तथा समापन समारोहमा खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) प्रमुख अतिथि र उपाध्यक्ष दोर्जेमान जिम्बा विशेष अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। कार्यक्रममा युवा नेता तथा समाजसेवी दैवलाल घिसिङ (अनुशील), वडा अध्यक्षहरू निसान मोक्तान र बुद्धि बहादुर स्याङ्तान (बाबू), साथै समाजसेवी तथा युवा नेता विरेन्द्र लामा र रामकाजी भोलनले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतियोगितामा खानीखोला–६ नम्बर वडाको टिम प्रथम, गिम्दी युवा क्लब द्वितीय, खानीखोला–७ नम्बर वडा तृतीय तथा खानीखोला–५ नम्बर वडाको टिम चौथो स्थानमा रहन सफल भएका छन्।

विजेता टिमलाई नगद रु. ७१,१११, उपविजेतालाई रु. ४१,१११, तृतीय हुने टिमलाई रु. २१,१११ र चौथो हुने टिमलाई रु. ११,१११ सहित ट्रफी प्रदान गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष सम्मानसमेत गरिएको थियो।

व्यक्तिगत विधातर्फ अनिष घिमिरे उत्कृष्ट खेलाडी घोषित भए भने बेस्ट स्टाइकर पासाङ वाइबा (खानीखोला–७), बेस्ट सेटर निशान राना मगर (गिम्दी), बेस्ट डिफेन्स कुमार थोकर (खानीखोला–६), बेस्ट ब्लकर कुशल भोलन (गिम्दी) र बेस्ट सर्भर मनराज आले मगर (खानीखोला–६) घोषित भएका थिए।

समापन समारोहमा कलाकार निर्मला घिसिङ र लक्ष्मी स्याङ्तानले सांगीतिक प्रस्तुति दिँदै दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भलिबल प्रतियोगिताका लागि खानीखोला गाउँपालिकाले आर्थिक सहयोग गरेको थियो भने समाजसेवी तथा नेता दैवलाल घिसिङ (अनुशील)ले चार थान भलिबल प्रदान गरी सहयोग गर्नुभएको आयोजकले जनाएको छ। समापन कार्यक्रमको अध्यक्षता वडा नं. १ का अध्यक्ष सन्तमान थिङले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन ह्रेम्बोर्छे युवा क्लबका अध्यक्ष अभि थिङले गर्नुभएको थियो। प्रतियोगिताको संयोजन दीपक गोलेले गर्नुभएको हो।

आयोजक समितिका अनुसार प्रतियोगिता शान्तिपूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। आगामी दिनमा पनि यस्ता खेलकुद तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार