मुख्य समाचार
कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु |
मुख्य समाचार
कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु |


‘गुमेको जनविश्वास फिर्ता ल्याउन रुपान्तरण अभियान’

Thearaniko Times 1371+ समाचार ( )
९ भाद्र २०८०, शनिबार

बनेपा । नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य अञ्जना विसंखेले जनताबाट गुमेको विश्वासलाई फिर्ता ल्याउनका लागि ‘जनतासंग माओवादी : विशेष रुपान्तरण अभियान’ सञ्चालन भएको बताउनुभएको छ । 

नेकपा (माओवादी केन्द्र) बनेपा नगर कमिटीको शनिवार नालामा सम्पन्न भएको बिस्तारित बैठकलाई सम्बोधन गर्दै माओवादी नेतृ बिसन्खेंले अब माओवादी आक्रामक भएर अगाडी बढ्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)ले विगतमा लिएको जनताको विश्वासलाई बीचमा गुमाउँदै गएकोमा अब त्यसको पुन: प्राप्तिको लागि रुपान्तरण अभियानले भूमिका खेल्ने उहाँको भनाई थियो । ‘माओवादी पछिल्लो समयमा रक्षात्मक भएर मात्रै उभियो जसकारणले जनताको विश्वास पनि गुमाउँदै गयौं’ उहाँले भन्नुभयो, ‘अब त्यसको पुन:प्राप्तिको लागि पनि आक्रमक शैलीमा अगाडि बढ्नुको विकल्प छैन ।’ 

हिजोको दिनमा सम्झौताबाट शान्ति प्रक्रियामा आएको कारण पनि माओवादीले सोचेको जस्तो व्यवस्था स्थापना गर्न नपाएको भन्दै अब एक पटक फेरी साँचैको माओवादी भएर उठ्न आवश्यक रहेको उहाँको भनाइ थियो । अहिले सञ्चालन गरेको अभियानबाट अब माओवादी कसैसंग पनि सम्झौता नगरी निर्वाचन जित्ने गरी संगठन निर्माण र जनआधार तयार गर्दै अगाडि बढ्ने दावी गर्नुभयो ।

यसैबीच नेतृ विसंखेले माओवादी नेतृत्वको सरकारले विगतमा र अहिले रचनात्मक कार्य गर्दै मुलुकको समृद्धिको पक्षमा उभिएको उल्लेख गर्दै त्यसको सही प्रचार गर्न नसकेको कारण ओझेलमा परेको दाबी गर्नुभयो । ‘यसअघि प्रचण्ड नेतृत्वको सरकारले लागु गरेको दलित र एकल महिलालाई भत्ता, स्वास्थ्य चौकीहरुमा नि:शुल्क औषधी र सुत्केरी महिलालाई भत्ता, दुर्गमका गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार लगायतका धेरै प्रत्यक्ष रुपमा जनतासंग जोड्ने कार्यक्रम लागु ग¥यौ, तर त्यसको सही ढंगले प्रचार गर्न सकेनौ’ उहाँले थप्नुभयो, ‘अहिले पनि मुलुकमा सुशासनका लागि भ्रस्टाचारमुक्त अभियान सञ्चालन गरेर बेथितिको विरुद्ध अभियान सञ्चालन गरेर राम्रो कामको शुरुवात गरेको छ, त्यसको पनि सही ढंगले प्रचार गर्न नसक्नु माओवादीको कमजोरी भयो ।’ अब सञ्चालन हुन लागेको अभियानले संगठन र पार्टीलाई सक्रिय बनाएर सबैलाई अभियानमा जोड्दै जनताको आस्थाको केन्द्रको पार्टी बनाउने उहाँले बताउनुभयो ।

सो क्रममा उहाँले विगतमा पार्टीका नेताहरुले पनि संगठन बनाउनेको नाममा व्यवहार र चरित्रको बारेमा नबुझिकन टिपेर जिम्मेवारी दिने गरेको कारण सच्चा र इमान्दार नेता कार्यकर्ता पाखा लाग्ने गरेको र पार्टी जीवनमा नै आँच आउने खालको काम समेत हुने गरेको भन्दै अब पार्टीको विधान सम्मेलन गरेर सुधार गर्दै जानेमा पार्टी केन्द्रित भएको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य गोविन्द बहादुर बटालाले पार्टी संगठन चलायमान बनाउन र गुटउपगुटको अन्त्य गर्नका लागि रुपान्तरण अभियान सञ्चालन गरेको बताउनुभयो । ‘अभियानको क्रममा जनताको बीचमा जाने र निश्क्रिय रहेको नेता कार्यकर्ता र संगठनलाई सक्रिय बनाएर सुदृढिकरणको अभियान थाल्नेछौ।’ उहाँले भन्नुभयो, ‘त्यसको लागि पनि केन्द्रिय नेताहरु नै गाउँ गाउँमा जिम्मेवारी लिएर अभियानमा जुटेका छौं ।’ अभियानको क्रममा पार्टी संगठन सुधारका साथै विकास निर्माणको कामको समिक्षा गर्ने र आगामि दिनमा गर्नुपर्ने योजनाको समेत छलफल हुने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सचिवालय सदस्य मिना पाख्रिनले पार्टीको जिम्मेवारी लिने वेलामा तछाडमछाड गर्ने अनि रिपोर्टिङ गर्ने र जिम्मेवारी बहन गर्ने बेलामा निराशा र कुण्ठा मात्रै व्यक्त गर्ने कामलाई समेत रुपान्तरण गर्नका लागि अभियानले भूमिका खेल्ने बताउनुभयो । पार्टी संगठनको काम नगर्ने तर घरभित्र मात्रै बसेर जनयुद्धको कुरा गरेर पार्टी नबन्ने बताउँदै त्यसको लागि जनतामा जान र समृद्ध मुलुक निर्माणको लागि अभियन्ता बन्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रले नेतादेखि कार्यकर्तासम्म रुपान्तरण गर्दै पार्टीलाई जनताको प्यारो पार्टी र सक्रिय संगठन निर्माणको लागि ‘जनजनमा माओवादी : घरघरमा माओवादी अभियान ’ सञ्चालन गरेको छ । जस अनुसार काभ्रेपलाञ्चोक जिल्लामा ६ गते जिल्ला पार्टीको पूर्ण बैठक राखेर अभियान सञ्चालनका लागि तयारीमा जुटेको छ । जुन बैठकको मर्म अनुरुप जिल्लाका सबै पालिकाहरुमा बैठक छलफल सञ्चालन गरिरहेको छ ।

जसअनुसार बनेपा, पनौती, भुम्लु, तेमाल लगायतका पालिकास्तरमा बैठक सम्पन्न गरेको छ भने अन्य पालिकाहरुमा तयारी भईरहेको नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोकले जनाएको छ । पार्टीले अभियान सञ्चालन गर्ने भएपछि माओवादी नेता कार्यकर्तामा उत्साह थपिएको छ । माओवादी केन्द्रले आगामि १६ गते देशव्यापी रुपमा राष्ट्रिय अभियानको एकसाथ उद्घाटन गर्ने भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार