मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

समाज/राजनीति
गगन थापाको अपीलः कांग्रेसमा गुट अन्त्य, अब भागबण्डाको राजनीति हुँदैन

Thearaniko Times 1398+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

काठमाडौं/नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र अब कुनै गुट नरहेको र गुटगत भागबण्डाको अभ्यास समाप्त भएको स्पष्ट घोषणा गरेका छन्।

विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले वैधता दिएपछि सार्वजनिक अपील जारी गर्दै सभापति थापाले कांग्रेस अब विधि, विधान र प्रक्रियामार्फत सञ्चालन हुने पार्टी बनेको बताएका हुन्।

उनले पार्टीका सामान्य सदस्यदेखि सभापतिसम्म सबैको हैसियत समान हुने उल्लेख गर्दै निर्णय प्रक्रिया कार्यकर्ताको भावना र चाहनाअनुसार अघि बढाइने स्पष्ट पारे। निर्वाचन आयोगको निर्णयले पार्टी नेताको व्यक्तिगत चाहनाभन्दा सदस्यको सामूहिक मत नै निर्णायक हुने सन्देश दिएको थापाको भनाइ छ।

‘अब नेपाली कांग्रेस आफ्ना मूल मूल्य, आदर्श र सिद्धान्तमा फर्किएको छ,’ सभापति थापाले भने, ‘यो कुनै व्यक्ति वा समूहको जित–हारको विषय होइन, विधि र लोकतान्त्रिक अभ्यासको विजय हो।’

विशेष महाधिवेशनमार्फत पार्टीमा सुधार र रूपान्तरणको यात्रा सुरु भइसकेको बताउँदै उनले सबै नेता–कार्यकर्तालाई संयमित, जिम्मेवार र एकतावद्ध हुन आग्रह गरे। कांग्रेस अब नयाँ ऊर्जा र आत्मविश्वासका साथ अघि बढिसकेको उनको दाबी छ।

पूर्व सभापति शेरबहादुर देउवा लगायत पार्टीका विभिन्न तहका नेताहरूले पनि यो प्रक्रियालाई सकारात्मक रूपमा स्वीकार गर्ने विश्वास सभापति थापाले व्यक्त गरे। विशेष महाधिवेशनले विगतका कमजोरीको आत्मसमीक्षा गर्दै उपलब्धिलाई थप संस्थागत गर्ने आधार तयार गरेको उनको भनाइ छ।

सभापति थापाले कांग्रेसलाई लोकतान्त्रिक, जनमुखी र मूल्य–आधारित पार्टी बनाइने प्रतिबद्धता दोहोर्‍याउँदै पार्टीको सिद्धान्तविपरीत कुनै सम्झौता नहुने स्पष्ट पारे। साथै, आगामी निर्वाचनमा कुनै पनि किसिमको चुनावी गठबन्धन नगर्ने घोषणा गर्दै उनले गठबन्धन संस्कृतिलाई अप्राकृतिक अभ्यासको संज्ञा दिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार