मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

केन्द्रिय समितिको ५ औं बैठकमा विद्रोहको सत्यता पुष्टि भएको अध्यक्ष नेपालको दाबी

Thearaniko Times 1369+ समाचार ( )
२१ माघ २०७९, शनिबार

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुले एमालेबाट गरेको विद्रोह पुष्टि भएको  दाबी गर्नुभएको छ । शनिबार नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको ५ औं बैठकको उद्घाटन गर्दैउक्त धारणा राख्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘हाम्रो विद्रोह सही ठहरिँदै गएको छ । अहिलेका घटनाक्रमले त्यसलाई झन् पुष्टि गरेको छ । आगामी दिनमा यो थप प्रमाणित हुने छ ।’ उहाँले  सत्तारुढ गठबन्धन भित्र खटपट सुरु भइसकेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रपति निर्वाचनसम्म पनि थेग्न नसक्ने अवस्था आएको बताउनु भयो । 

  संसद्को रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरू, राजतन्त्रको वकालत गर्नेहरू, संविधान, कानुन र नियमको पालना नगर्नेहरू सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको बताउनु भयो  । 

‘‘प्रचण्डलाई कहिलेसम्म थेग्ने हो थाहा छैन । राष्ट्रपतिको चुनावसम्म थेग्ने होला । तर त्योभन्दा पहिले नै हामीले देखिरहेका छौँ-खटपट सुरु भइसकेको छ । यो तरल राजनीतिक अवस्था कहिलेसम्म कायम रहने हो ? यसै भन्न सकिने अवस्था छैन । हाम्रो ध्यान अरू कुरामा होइन । देश सही दिशामा अघि बढ्छ कि बढ्दैन भन्नेमा छ ।

संविधानको पालना हुन्छ कि हुँदैन भन्नेमा छ । संसद्को रोष्टममा उभिएर संविधानको विरोध गरिएको छ ।,’’ अध्यक्ष नेपालले भन्नुभयो, ‘‘राजतन्त्रको वकालत गरिएको छ ।  संविधानको उल्लङ्घन गर्ने मान्छेहरू सरकारको जिम्मेवारीमा बसिरहेका छन् भने त्यसले सङ्कटको सन्देश दिन्छ ।

त्यसैगरी जसले आफैँले संविधान, कानुन र नियमको पालना गर्दैन । आदर्शको उदाहरण प्रस्तुत गर्दैन । त्यस्ताले के दिन्छन् जनतामा सन्देश । यी सबै कुराहरूले गर्दा यो सरकारप्रति, अहिलेका मन्त्रीहरूप्रति मान्छे आशावादी हिजो थिए । अहिले निराश हुन थालेका छन् । भोट दिएर जिताउनेहरू नै उनीहरूको विरोधमा बोल्न थालेका छन् ।’’

अध्यक्ष नेपालले यस्तो परिस्थितिमा पनि निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । उद्घाटन सम्बोधन पछि बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार