मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

राजधानी जान प्रयोग हुने वैकल्पिक मार्ग बन्द, सवारी चलाउन रोक
४५ वर्ष पुरानो पुल भाँचिँदा नाला–च्यामासिङ सडकखण्ड पूर्ण अवरुद्ध

Thearaniko Times 1402+ समाचार ( )
२१ असार २०८२, शनिबार

काभ्रेपलाञ्चोक/काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ र ४ को सीमास्थलमा रहेको पुरानो पुल गए राति भाँचिएपछि नाला–च्यामासिङ सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

उक्त पुल सन् १९८० (वि.सं. २०३७) मा निर्माण गरिएको हो। स्थानीय शान्तलाल श्रेष्ठका अनुसार आज बिहान सबेरै एक मालवाहक गाडी पुल पार गरेलगत्तै पुल भाँचिएको हो।

भाँचिएको पुल नाला (काभ्रेपलाञ्चोक) देखि च्यामासिङ (भक्तपुर) जोड्ने सडकखण्डमा पर्छ, जुन पूर्वतर्फबाट राजधानी काठमाडौँ आउने प्रमुख वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो।

हाल सूर्यविनायक–धुलिखेल खण्डको सडक विस्तार कार्य भइरहेकाले विगत दुई वर्षदेखि अधिकांश सवारी यही वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए। पुल भाँचिएसँगै सो मार्ग हुँदै काठमाडौँ प्रवेश गर्ने र राजधानीबाट बाहिरिने सवारी आवागमन पूर्णरूपमा रोकिएको छ।

सवारी रोकिएको सूचना

जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट उक्त सडकखण्डमा सवारी नपठाउन निर्देशन दिएको छ भने बनेपाबाट काठमाडौँतर्फ जाने सवारीहरूलाई बनेपामै रोकिएको जनाएको छ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजूका अनुसार सडक अस्थायी रूपमा पुनः सञ्चालन गर्न सडक विभाग तथा स्थानीय तहसँग समन्वय भइरहेको छ। तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार