मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |
मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |


विश्व स्तनपान दिवसको महत्वबारे अन्तरक्रिया

Thearaniko Times 1369+ समाचार ( )
२२ श्रावण २०८०, सोमबार

धुलिखेल/स्तनपान सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी यो विश्व स्तनपान दिवस साताव्यापी रुपमा मनाइयो । पछिल्ला वर्षहरुमा हाम्रो देशमा पनि हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउदै आएको छ । एकदेखि सात अगष्टसम्म मनाइने विश्व स्तनपान दिवसको यस वर्षको नारा ‘स्तनपानः जीवनको आधार’ तय गरेको थियो । 

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले पनि विभिन्न कार्यक्रमका साथ स्तनपान कार्यक्रम संपन्न गरेको छ । सोमबार जिल्लाका कार्यालय प्रमुखहरु र जिल्लाका सञ्चारकर्मीहरुका बीच स्तनपानबारे अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो । 

कार्यक्रममा बोल्दै धुलिखेल अस्पतालका प्राध्यापक डा.सिर्जना डंगोलले स्तनपानको महत्वबारे प्रकाश पार्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा प्राध्यापक डा.डंगोलले भन्नुभयो–‘गर्भधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन थालेको हुन्छ । पहिलो बिगौती दूध बच्चाका लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँदछ ।’ उहाँका अनुसार ‘आमाले जति धेरै पटक शिशुलाई दूध चुसाउँछिन् त्यति नै बढी अस्थायी गर्भनिरोधको अवधि बढेर जान्छ । स्तनपानले शिशुका लागि स्वास्थ्य रक्षाको काम समेत गर्दछ । नवजात शिशुमा रोग प्रतिरोधात्मक शक्ति हुँदैन उनीहरुले आमाको दूधबाट यो शक्ति प्राप्त गर्दछन् । आमाको दूधमा रोगाणु नाशक तत्वहरु हुन्छन् । आमाको दूधमा लेक्टोफोर्मिन नामको पोषक तत्व हुन्छ, जसले शिशुहरूको शरीरमा फलाम तत्व दिन्छ । आमाको दूधबाट आएका साधारण जीवाणुहरुले शिशुको शरीरमा उब्जने विभिन्न रोगसँग प्रतिरोध गरेर उनीहरूको रक्षा गर्दछन् ।’

प्राध्यापक डा.डंगाेलले भन्नुभयो–‘बाहिरी वातावरणबाट आमाको शरीरमा पुगेका रोगका जीवाणु, शरीरमा रहेको विशेष भागको सम्पर्कमा आउँछन् र शरीरले ती विशेष रोगाणुको विरुद्ध प्रतिरोधात्मक तत्वहरु बनाउँछ । यो तत्व थोरासिक डक्ट भनिने एक विशेष नलीबाट सिधै आमाको स्तनसम्म पुग्छ र दूधबाट बच्चाहरूको पेटमा पुग्दछ । यसरी शिशुहरु आमाको दूध नियमित रुपमा खाएर स्वस्थ रहन्छन् ।’

बाल्यकालमा पर्याप्त मात्रामा आमाको दूध खान नपाएका शिशुहरुमा मधुमेह रोग लाग्ने सम्भावना रहन्छ । उनीहरुमा अपेक्षाकृत वुद्धि विकास समेत नहुने हुन्छ । यदि बच्चा महिना नपुगी जन्मेको छ भने त उसलाई नेक्रोटाइजिङ एन्टोरोकोलाइटिस जस्तो घातक रोग समेत हुनसक्छ । त्यसैले छ देखि आठ महिनासम्म शिशुहरूका लागि आमाको दूध उत्तम आहार मात्र हैन, यो जीवन रक्षक आहार पनि हो –प्रा.डा.डंगोलको भनाइ थियो ।

उहाँले केही मानिसमा स्तनपान गराउँदा सौन्दर्यमा ह्रास आउने, शरीरको तौल घट्ने, स्तनको आकार बिग्रने आदि गलत धारणाहरु रहेको पाइए पनि यो सत्य भने होइन भन्नुहुँदै आधुनिक विज्ञानले यी धारणाहरुलाई गलत पुष्टि गरिसकेको छ । नियमित र निश्चित अवधिसम्म गराइएको स्तनपानले शिशुको उपचार र खाना खर्चमा ५० प्रतिशतले बचत हुने गरेको विभिन्न अध्ययनहरुले देखाएको छ । शिशुलाई स्तनपान गराउँदा आमालाई आत्मीयता र भावनात्मक सुखानुभूति हुनुका साथै गौरव महसुस हुन्छ । त्यसैगरी उनले मानसिक रूपमा आफू स्वस्थ भएको अनुभूति गर्ने हुनाले उनलाई आत्मसन्तुष्टि समेत मिल्ने जानकारी दिनुभयो ।


अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपककुमार गौतमले स्तनपानमा पुरुषले आफ्नो श्रीमतीलाई कति हदसम्म साथ एवम् सहयोग गर्न सक्छन् भन्ने कुराको व्यवहारिक रुपमा पुष्टि हुने बताउदै ‘यसबाट आमामा आफ्नो श्रीमानप्रतिको लगाव बढ्नुका साथै यसले शिशु र बाबुबीचको आत्मीयतालाई पनि बढावा दिन्छ भन्नुभयो । आमा बनेपछि महिलामा बढ्ने अन्य जिम्मेवारीको कारण कहिलेकाहीं उनले आफ्नो शिशुलाई स्तनपान गर्न समय नभएको वा बिर्सिएकी हुन्छिन् । तसर्थ, यस्तो अवस्थामा बाबुले गरेको केही सहयोगले उनले आफ्नो शिशुलाई स्तनपान गराउने समय पाउँछिन् । तसर्थ, यसकारण पनि स्तनपानको लागि महिलामात्र नभइ पुरुषले पनि उत्तिकै समान भुमिका निर्वाह गर्नुपर्छ, ‘उनले भने ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले प्रशासन कार्यालयमा महिलाका लागि छुट्टै स्तनपान कक्ष बनाएपनि त्यसको उपयोगमा नआएको बरु उल्टै केटाहरु पसेर कुर्शी यता गर्ने गरेको दुःखेसो पोख्नुभयो  । उहाँले महिला कर्मचारी र सेवाग्राहीलाई लक्षित गरी स्तनपान कक्ष निर्माण गरिएको हो । बच्चालाई स्तनपान गराउन सहज होस भनेर स्तनपान कक्ष बनाएको हो तर त्यसको प्रयोग हुनसकेको छैन, आगामी दिनमा त्यसलाई उपयोगमा ल्याउने जानकारी पनि दिनुभयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा.पुरुषोत्तम सेंढाई, पत्रकार महासंघ काभ्रेका सभापति बद्रीराज तिमल्सिना लगायतले स्तनपानको महत्वबारे आ–आफ्नो विचार राख्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार