बनेपा/नेकपा (एकीकृत समाजवादी) काभ्रेपलाञ्चोकको १० औँ जिल्ला अधिवेशन नयाँ नेतृत्व निर्वाचित गर्दै सम्पन्न भएको छ ।
अधिवेशनले बसुन्धरा हुमागाईको अध्यक्षतामा नयाँ जिल्ला कमिटी निर्वाचित गर्दै अधिवेशन संपन्न भएको हो । उपाध्यक्षमा रघुवर चौप्रधान र पासाङ ढोल्मु लामा, सचिवमा गोकुल गौतम, उपसचिवमा हरि गोपाल प्रधानाङ्ग, भेषराज शाह र कृष्ण तामाङ निर्वाचित हुनुभएको छ ।
भूगाेल तर्फबाट मण्डनदेउपुर नगरपालिकाबाट पवित्रा भट्टराई, डिल्लीप्रसाद आचार्य, माधव न्यौपाने, पाँचखाल नगरपालिकाबाट रणबहादुर बाेहाेरा, पुरुषाेत्तम आचार्य, कल्पना श्रेष्ठ, नमाेबुद्द नगरपालिकाबाट राजकुमार तिमल्सिना, जानुका पौडेल, पञ्च तामाङ, धुलिखेल नगरपालिकाबाट टिकाप्रसाद हुमागाई, दया सागर श्रेष्ठ, संजिता लामा बनेपा नगरपालिकाबाट राजकृष्ण गिरी, शम्भुप्रसाद न्यौपाने, गिता मगर, पनौती नगरपालिकाबाट सन्तनु केसी, डाकबहादुर कार्की र गीता अधिकारी निर्विराेध निर्वाचित हुनु भएको छ।
त्यस्तै राेशी गाँउपालिकाबाट निशा लामा, जगतबहादुर तामाङ, बेथानचाेकबाट विनु थापामगर, मिठाई लामा, खानीखाेलाबाट सितादेवी तिमल्सिना, कृष्णबहादुर दर्लामी मगर, महाभारतबाट नीरबहादुर वाइवा, चन्द्रकुमारी लुङ्गेली, चौरीदेउराली गाँउपालिकाबाट गाेकुल गौतम, तेमालबाट टिकालाल तामाङ, मनिषा तामाङ र भुम्लुबाट माेतिलाल तामाङ र कालिका खरेल निर्विरोध निर्वाचित हुनु भएको हो ।
यसैगरी खुलातर्फ राजनप्रसाद पराजुली, इश्वर बञ्जारा, चमारसिह तामाङ, चन्दा लामा, खुला युवातर्फ बिजय लामा, सन्तोष चौलागाई, रामेश्वर आचार्य, बुद्धलाल तामाङ, राजकुमार तामाङ, रामबहादुर तामाङ, तुलबहादुर तामाङ, अप्सरा न्यौपाने, कोपिला तामाङ, रिना वाइवा तामाङ, अल्प संख्यकतर्फ विकास राई र कल्पना भुजेल दलिततर्फ संझना विक र मनिष बर्देवा र अपांगतर्फ लोकेन्द्र कुमार सापकोटा निर्वाचित भएका छन् ।
निर्वाचित जिल्ला कमिटीको सपथ तथा पदभार ग्रहण कार्यक्रम भने अर्को साता हुने नवनिर्वाचित उपसचिव हरिगोपाल प्रधानाङ्गले जानकारी दिनुभयो ।