मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

राजनीति
डा. शेखर कोइराला : जेनजी आन्दोलनले दुई ठूला दल सत्ताबाट बाहिरिन बाध्य भए

Thearaniko Times 1402+ समाचार ( )
२८ भाद्र २०८२, शनिबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको पछिल्लो राजनीतिक परिस्थिति र 'जेनजी' आन्दोलनबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।

उनले भदौ २३ र २४ गतेका घटनापछि उदाएको नयाँ सरकारले आम नागरिकको भरोसा जित्ने विश्वास व्यक्त गर्दै यसलाई सतर्कतापूर्वक हेर्नुपर्ने बताएका छन्। कोइरालाका अनुसार, जेनजी आन्दोलनको युवा ऊर्जा र चेतनाले दुई ठूला राष्ट्रिय दललाई सत्ताबाट बाहिरिन बाध्य बनाएको हो।

यद्यपि, उनले आन्दोलनको क्रममा भएको लुटपाट, आगजनी र तोडफोडप्रति गम्भीर आपत्ति जनाएका छन्। विशेषगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको आक्रमण र उनकी पत्नीमाथि भएको हातपातलाई ‘जघन्य अपराध’ भन्दै कडा शब्दमा निन्दा गरेका छन्। “यसको जति निन्दा गरे पनि कम हुन्छ,” उनले भने।

पार्टीभित्र संगठन, नेतृत्व र विचारमा नयाँपन ल्याउनुपर्नेमा जोड दिँदै कोइरालाले अब “सत्ताको केन्द्र वा पार्टीको केन्द्र” भन्दा “जनताको केन्द्रमा बस्ने अभियान” नै कांग्रेसको लक्ष्य हुनुपर्ने बताएका छन्।

‘कोइराला निवास’ मा भएको क्षतिप्रति प्रतिक्रिया दिँदै उनले भने, “कोइराला निवासको भौतिक संरचना खरानी हुन सक्छ, तर विचार र लोकतान्त्रिक आन्दोलनलाई जलाउन सकिँदैन।” उनले जलेको निवासकै खरानीबाट ‘नूतन कांग्रेसको नवनिर्माण’ गर्ने प्रण गर्नुपर्ने बताएका छन्।

अन्त्यमा, उनले बीपी कोइरालाको “नेपाल पक्कै ब्युँझिन्छ, जय नेपाल” भन्ने दिव्यवाणीलाई स्मरण गर्दै यसलाई देशभर बुलन्द गर्न सबैलाई आह्वान गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार