काभ्रे । बागमती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइ मन्त्री तिर्थबहादुर लामाले आफुलाई गरेको काममा मिडियाले निरन्तर निगरानी गर्न आवश्यक रहेको बताउनु भएको छ ।
जिल्ला समन्वय समिति काभ्रेले आयोजना गरेको बधाई कार्यक्रममा बोल्दै मन्त्री लामाले मानिस हो, कहिलेकाँही काम गर्दा ढङ्ग नपुग्न सक्छ, त्यसैले मलाई सधै मिडियाको निगरानी चाहिएको छ, मिडियाले सधैं आलोचना गर्नुपर्छ र मबाट भएका गल्ती कमजोरीलाई औंल्याई सचेत गराउन अनुरोध गर्नुभयो ।
काभ्रेबाट प्रतिनिधित्व गर्दै बागमती प्रदेश सरकारको मन्त्री भएकोले काभ्रेली जनताको सेवामा निरन्तर लागि रहने बताउदै लामाले आफु सधै सुशासनको पक्षमा भएकोले काभ्रेको शिर निहुरिने गरी कुनै भ्रष्टाचारजन्य काम नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने बाचा गर्नुभएको छ ।
सांसद र मन्त्री पद र मान सम्मान स्थायी होइन र आज भएपनि भोलिका दिनमा नहुने कुरा सत्य भएको आफ्नो निस्कर्ष भएको बताउँदै मन्त्री लामाले भन्नुभयो–‘जो जहाँ जुन पदमा भएपनि काभ्रेको माटोले मलाई त्यो स्थानमा पु¥याएको कुरा विर्षन हुन्न ।’
मन्त्री लामाले आफुले पाएको अधिकारको दुरुपयोग नगरी विधिमा बसेर काभ्रेको निम्ति निष्कलंकित भएर काम गर्ने प्रतिब्दता व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो, – ‘जिल्लाका सबै पालिकाले विकासका आवाश्यक पुवार्धारको बुँदा लिपिबद्द गरेर मेरो सचिवालयमा पठाउनु होला , नियम र विधिले भ्याएसम्म मैले कार्यान्वयन गर्नेछु ।’
आज काभ्रेको बनेपा, धुलिखेल र पनौतीमा भएको छुट्टाछट्टै कार्यक्रममा बोल्दै मन्त्री लामाले उक्त कुरा बताउनुभएको हो । उहाँलाई जिल्ला समन्वय समिति काभ्रेले आयोजना गरेको कार्यक्रममा समन्वय प्रमुख दिपक कुमार गौतम, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल लगायतले सफलताको शुभकामना दिएका थिए,। आजै नेपाली काङ्ग्रेस, नेकपा एस र माओवादी केन्द्र धुलिखेल नगर कमिटी, नेपाली काङ्ग्रेस पनौती नगर कमिटी र तरुण दल बनेपा नगर कमिटीले पनि बधाई, सम्मान तथा शुभकामना कार्यक्रमको आयोजना गरेको थियो ।