मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |
मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |


दोस्रो मैत्रीपुर्ण शिक्षक भलिबलको उपाधी खाँडादेबी माविलाई

Thearaniko Times 1402+ समाचार ( )
२५ कार्तिक २०८०, शनिबार

  - अर्पण उत्कर्ष

चौरीदेउराली/चौरीदेउराली गाउँपालिकाद्वारा आयोजित छैठौं राष्ट्रपति रनिङ शिल्डकपको आयोजनासँगै आयोजित दोस्रो मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको उपाधी वडा नं -२ स्थित खाँडादेवी माविले नेतृत्व गरेको समुहले हात पारेको छ । 


यस वर्ष प्रत्येक वडाबाट उच्चतम कक्षा संचालन हुने विद्यालयले नेतृत्व गरेर प्रतियोगितामा गाउँपालिका भरिका आठ वटा वडाहरु सहभागी भएका थिए  र जहाँ वडा नं -१ सानो बांथलीबाट सुर्योदय माध्यामिक बिद्यालय, वडा नं -२ बाट खाँडादेबी मा. बि., वडा नं -३ बाट बुद्ध हिमालय मा. बि., वडा नं -४ बाट सरस्वरी मा. बि., वडा नं -५ बाट जागृती मा. बि., वडा नं -६ बाट प्रभा मा. बि., वडा नं- ७ बाट सृजनशिल जनता मा. बि. र वडा नं-९ बाट भुमेस्थान मा. बि. ले वडा भरिका अन्य बिद्यालयहरुको नेतृत्व गरेर सहभागी भएका थिए । 


दुई समुह बनाई लिग चरणमा संचालन गरेको उक्त प्रतियोगितामा समुह A अर्थात ए पोलमा प्रभा,जागृती, सृजनशिल र खांडादेबी माबी रहेका थिए भने समूह B अर्थात बि पोलमा सुर्योदय,बुद्ध हिमालय, सरस्वरी र भुमेस्थान मा. बि. रहेको थियो । 

समूह चरणको पहिलो खेलमा सृजनशिल जनता मा. बि. सङ्ग २,१ अंकले पराजित भएको खाँडादेबी मा. बि. सोही समुहकै प्रभा मा. बि. र जागृती मा. बि. लाई सोझो सेटमा पराजित गर्दै ३,३ अंक लिई जम्मा ७ अंकको साथमा समुह बिजेता बनेका थिए भने सृजनशिल जनता माबिले खाँडादेबी मा. बि. सङ्ग २ अंक र प्रभा मा. बि. सङ्ग ३ अंक जोड्दै समुह उपबिजेता बनेका थिए । बि पोल अन्तर्गत सुर्योदय मा. बि. समूह बिजेता र बुद्ध हिमालय मा. बि. समुह उपबिजेता बनेर सेमिफाइनलमा प्रवेश गरेकोमा अन्तिम क्वाटर फाइनल पुन: सृजनशिल जनता मा. बि. र खाँडादेबी मा. बि. बिचमा अत्यन्तै प्रतिस्पर्धात्मक खेलका बिच क्रमश: खाँडादेबी मा. बि.ले २ र सृजनशिल जनता माबिले १ अंक जोड्दै खाँडादेबी मा. बि. ले नेतृत्व गरेको वडा नं -२ नाग्रेगगर्चे, गाँउपालिका स्तरिय दोस्रो मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको बिजेता बन्न सफल भयो भने वडा नं -७ सृजनशिल जनता मा. बि.द्वितिय र सुर्योदय मा. बि. वडा नं १ सानो बांथलि तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

 साथै खोटाङ जिल्ला दिक्तेल रुपाकोट मजुवागडी नगर पालिका नुनथला स्थाई ठेगाना भएका हाल  सृजनशिल जनता मा बि मा अध्यापनरत सामाजिक बिषयको शिक्षक नवीन किशोर राई  प्रतियोगिता भरिकै उत्कृष्ट खेलाडीको रुपमा घोषित भए भने कैलाली धनगढी उपमहानगरपालिका स्थायी ठेगाना भएका हाल खाँडादेबी मा बि मा अध्यापनरत मा. बि. द्वितिय अंग्रेजी बिषयको शिक्षक सुरेन्द्र सिँ धामी  प्रतियोगिता भरिकै उत्कृष्ट स्पाइकर बन्न सफल भएको छ । 

जागृती माबिको खेलकुद मैदानमा आज सम्पन उक्त प्रतियोगिताको एक कार्यक्रमकाबिच गाँउपालिकाको अध्यक्ष रेणुका चौलागाई, प्रमुख प्रशासकिय अधिकृत महानदास लामा,  प्रवक्ता धनबहादुर लामा सहित अन्य जनप्रतिनिधिहरु, इलाका प्रहरी कार्यलका इन्चार्ज, पत्रकार स्वास्थ्यकर्मीहरु माझ  ट्रफी, मेडल, प्रमाणपत्र र नगद पुरस्कार राशी सहित प्रथम, द्वितिय र तृतिय हुने बिद्यालयहरुलाई पुरस्कार बितरण र धन्यबाद ज्ञापन  गर्दै समापन गरिएको छ । 

गत बर्षबाट सुरु गरेको प्रतियोगिताको पहिलो बिजेता सृजनशिल जनता मावि रहेको थियो भने उपबिजेता वडा नं १,२ र ३ बाट संयुक्त रुपमा बनेको समूह रहेको थियो । 

            

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार