मुख्य समाचार
एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी |

३६ दिने सह-योग शिक्षक प्रशिक्षण तालिम सम्पन्न

Thearaniko Times 1402+ समाचार ( )
२२ असार २०८१, शनिबार

बनेपा/पतञ्जली योग समिति काभ्रेले ३६ दिने सह–योग शिक्षक प्रशिक्षण तालिम संपन्न भएको छ । पतञ्जली योग समिति काभ्रेद्वारा सञ्चालित पतञ्जली योग जिल्ला समिति काभ्रे, महिला समिति, युवा समिति र बनेपा नगर समितिको आयोजनामा जेठ २१ गतेदेखि शुरु भएको तालिम शनिबार संपन्न गरिएको हो ।

पतञ्जली योग समिति काभ्रेका संयोजक प्रकाश कायस्थको अध्यक्षता तथा केन्द्रीय सदस्य तथा बागमती प्रदेशका प्रमुख ग्रुबेन तौजलेको प्रमुख आतिथ्यतामा तालिमको संपन्न भएको हो ।

तालिममा योगले मानिसलाई हुने शारीरिक र मानसिक स्वास्थ्यता, शारीरिक आसन, योग आसन, योगका फाइदा बेफाइदा लगायत योग सँग सम्बन्धित ज्ञानहरू प्रदान गरेको तालिम संयोजक अनु श्रेष्ठले बताए । 

आज भएको समापन कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य तथा बागमती प्रदेशका प्रमुख ग्रुबेन तौजलेले  सह–योग शिक्षक प्रशिक्षणमा सहभागीहरूलाई प्रमाण पत्र वितरण गर्दै स्वस्थ मानव जीवनका लागी योग आवश्यक रहेको बताए ।  साथै उनले योगलाई शैक्षिक पाठ्यक्रममा समावेश गरी जीवनपयोगी शिक्षाको रुपमा विकास गर्नुपर्ने  आवश्यक औल्याए ।

बागमती प्रदेशका सल्लाहकार सरिता शाक्य, सदस्य दमनकुमार श्रेष्ठ, पुर्व जिल्ला संयोजक हरिशरण श्रेष्ठ, उपाध्यक्ष कमला राजभण्डारी लगायत जिल्लाका पदाधिकारी तथा सदस्य, जिल्ला महिला पदाधिकारी, सदस्य, जिल्ला संगठन मन्त्री, सञ्चार प्रभारी एवम् पदाधिकारी, सदस्यलगायत विभिन्न साधना केन्द्रका सम्पूर्ण योगानुरागीहरुको उपस्थितिमा कार्यक्रम भएको हो । 

कार्यक्रममा सहभागीको तर्फबाट भक्तेश्वर योग साधना केन्द्रका कोषाध्यक्ष बाबुकृष्ण पन्त र सरिता थापाले बोल्दै सिकेको कुरा व्यवहारमा उतार्ने प्रतिवद्दता व्यक्त गर्नुभयो। जिल्ला सचिव श्याम श्रेष्ठको सञ्चालन र महिला समिति काभ्रेका अध्यक्ष इन्दिरा तौजलेको स्वागत मन्तव्यबाट कार्यक्रम सुरु भएको समापन कार्यक्रममा ७८ जना प्रशिक्षार्थी सहभागी थिए ।

समापन कार्यक्रम अघि होम गरी सह योग शिक्षक तालिममा सहभागीहरुलाई संकल्प गराइएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार