मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

खानिखोलामा ल्होछार भव्यताका साथ संपन्न

Thearaniko Times 1369+ समाचार ( )
२७ माघ २०८०, शनिबार

खानीखोला : काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा तामाङ समुदायले मनाउँदै आएको सांस्कृतिक पर्व २८६०औं (डुक ल्हो) सोनाम ल्होछार विविध कार्यक्रमसहित मनाईएको छ ।

खानीखोला गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल तामाङ घेदुङ खानीखोलाको आयोजनामा ताल्ढुङ्गामा लामा, ताम्बा तथा डम्फू गीत प्रस्तुति सहित बृहत साँस्कृतिक कार्यक्रम गरी भव्य रुपमा ल्होछार मनाइएको हो । 

कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाको अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले तामाङ समुदायले मनाउँदै आएको ल्होछार विश्वभरि नै मनाईरहेको अवस्थामा नेपालमा पनि सबै समुदायको सहभागितामा मनाउनु बहुसांस्कृतिक पहिचानको रक्षा गर्ने कामको उदाहरण भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो-‘एक अर्काको भाषा, धर्म, संस्कृति र सहअस्तित्वलाई स्वीकारेर सामुहिकतामा रमाउन सक्नु नै नेपाल बुहधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएको पुष्टि गर्छ ।

नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश समिति सचिवालय सदस्य तथा काभ्रे जिल्ला सचिव दैवलाल घिसिङ (अनुशील)ले तामाङ समुदायले नयाँ वर्षको शुरुवातका रुपमा मनाइने यस पर्वले आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै सामाजिक-सांस्कृतिक ऐक्यबद्धता, सद्भाव र भातृत्वको विकास गर्न हामी सबैलाई प्रेरणा दिनेछ भन्नुभयो। 

पालिका उपाध्यक्ष दोर्जेमान जिम्बा, नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश समिति सचिवालय सदस्य मिना पाख्रिन, महिला घेदुङ केन्द्रीय उपाध्यक्ष सृजना थिङ, नेपाल तामाङ घेदुङ काभ्रे जिल्ला अध्यक्ष राजकुमार तामाङ, जिल्ला सचिव विरेन्द्र लामा भ्लोन, वडा अध्यक्षहरु सन्तमान थिङ, दशरथ थिङ, सागर जिम्बा, निशान मोक्तान र बुद्धि बहादुर स्याङतान(बाबु) ले शुभकामना मन्तव्य राख्नुहुँदै हामी नेपाली विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी भएकोले विश्वमै नेपालको विशिष्ट र अलग्गै पहिचान स्थापित भएको बताउनुभयो ।

त्यस्तै कलाकारहरु तामाङ चलचित्र जगतको महानायक अमिर दोङ, गायक विशाल थिङ, नायिका सुष्मा मोक्तान, अविना गोले, नृत्यकार रुसा लामा र स्थानीय कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुति दिएको थियोे । कार्यक्रममा कोन्ज्योसोम नेपाल तामाङ लामा घेदुङको गाउँपालिकाका अध्यक्ष वीर बहादुर लामा नेतृत्वको लामाहरु, कुल बहादुर थिङ नेतृत्वको डम्फुरेहरु र निरुमाया बल नेतृत्वको महिला डम्फुरेहरु र ताम्बाहरुलाई नगदसहित सम्मान गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार