मुख्य समाचार
सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार हुँदै |

बनेपा महोत्सव शुरु, मन्त्री लामाले बनेपा महोत्सवले आर्थिक उन्नती र प्रगतिमा सहयोग पुग्ने विश्वास व्यक्त

Thearaniko Times 1398+ समाचार ( )
१९ अशोज २०८०, शुक्रबार

बनेपा/शुक्रबारबाट बनेपास्थित उग्रेश्वर मन्दिर परिसरमा ‘बनेपा महोत्सव–२०८०’ शुरु भएको छ ।‘हाम्रो अभियान, खेलको शान, संस्कृति र समृद्वि बनेपाको पहिचान’ भन्ने नारा दिएर बनेपा ब्वाइज क्लब (बीबीसी)ले महोत्सव आयोजना गरेको हो ।

शुक्रवार बनेपा महोत्सव उद्घाटन गर्नुहुँदै बाग्मती प्रदेशका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामाले बनेपा महोत्सवले आम काभ्रेली जनताको आर्थिक उन्नती र प्रगतिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

उहाँले चाडपर्व लक्षित यो महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।  काभ्रेको आर्थिक चलायमान बनाउन समेत महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने पनि मन्त्रि लामाले विस्वास ब्यक्त गरेका थिए। ‘संस्कृति संरक्षण, खेलकुद क्षेत्रको विकासको लागि समेत यो महोत्सव उपयोगी हुनेछ,’ मन्त्री लामाले भने, ‘आन्तरिक पर्यटन प्रवद्र्धन र समग्र काभ्रेको विकासको लागि यो महोत्सव फलदायी हुने विश्वास लिएको छु ।’ ऐतिहासिक र जीवन्त यस्ता कार्यक्रम निरन्रताको कामना गर्दै मन्त्री लामाले यस्ता कार्यक्रममा विभिन्न प्रतिभाहरुले अवसर पाउने तर्क गरे ।

कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, बनेपा वडा नं ७ का अध्यक्ष एवं कार्यवहाक मेयर हिटलर शाक्य, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना, वनेपा वडा नं ५ का वडाध्यक्ष बलराम अधिकारी, राप्रपा जिल्ला अध्यक्ष गणेशलाल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेका नेता जिएन सापकोटा, नेपाली कांग्रेस बनेपा नगर उपसभापति हरिशरण घिमिरे लगायतले महोत्सव सफलताको कामना गरे ।

आयोजक बनेपा ब्वाइज क्लव (बिबिसी) का अध्यक्ष महेशकुमार कर्माचार्यले भौगोलिक रुपमा बनेपामा आयोजना गरेर बनेपा महोत्सव भनिएपनि यो काभ्रे जिल्लाकै गौरवको विषय भएकोले सबैलाई सहयोगको अपेक्षा गरे ।

कार्तिक ४ गतेसम्म चल्ने महोत्सवमा बिभिन्न विधाका खेलकुद, गायन, नृत्य, धिमे बाजा प्रतियोगिताका साथै प्रत्येक दिन राष्ट्रियस्तर कलाकारहरू सांस्कृतिक प्रस्तुती समेत रहने आयोजक सस्थाका अध्यक्ष महेशकुमार कर्माचार्य जानकारी दिए ।

 उद्घाटन अघि बनेपा पार्टी भेन्यु देखि बनेपा बजार परिक्रमा गर्दै महोत्सवस्थलसम्म स्थानीय कला संस्कृति झल्कने बाजागाजा, नाच , झाँकी सहित विभिन्न संघसंस्था, कलेज, क्लबको सहभागितामा ¥याली गरिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार