मुख्य समाचार
इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? | महिला कानुन व्यवसायी सम्मेलन: पेशागत समानता र समावेशितामा जोड | कानुन व्यवसायी महिलाहरूको ३२औँ राष्ट्रिय सम्मेलन भक्तपुरमा शुरु | खत्री गाउँ डिपबोरिङमा ट्रान्सफर्मर पुनः चोरीको प्रयास | कांग्रेस सभापति गगन थापाको राजीनामा, निर्णय केन्द्रीय समितिमा |

पनौती नगरको नीति र कार्यक्रम सर्वसम्मत पारित, उच्च शिक्षामा ‘छोरी बुहारी छात्रबृत्ति’ कार्यक्रम

Thearaniko Times 1369+ समाचार ( )
९ असार २०८१, आइतबार

पनौती/काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाको आ.व.२०८१/०८२ को लागि नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ ।

आज बसेको पन्धौं नगरसभाको बैठकले सभाध्यक्ष एवं नगरप्रमुख रामशरण भण्डारीले प्रस्ताव गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो । नगरप्रमुख रामशरण भण्डारीले प्रस्ताव गर्नुभएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सडक र पूर्वाधारको कार्यक्रमलाई विशेष प्राथमिता दिएको छ । त्यस्तै स्थानीय तहमा पाईने रैथाने जस्तै योमरी लगायतका खाद्य पदार्थ, हस्तकलाका सामग्रीको ब्राण्डिङ तथा बजारीकरण गर्न सहयोग गर्ने नीति लिएको उहाँले बताउनुभयो । नगरपालिकाले शिक्षामा पहुँच अभिबृद्धिका लागि छोरी बुहारीहरुको उच्च शिक्षामा ‘छोरी बुहारी छात्रबृत्ति’ कार्यक्रम सञ्चालन गरिने नीति लिएको छ ।

जहाँ विद्यार्थी, त्यही शिक्षक, एक नगर, एक प्राविधिक विद्यालय, एक वडा, एक नमुना विद्यालयको अवधारणस अनुसार नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । 

नगरप्रमुख भण्डारीले पनौती नगरपालिका क्षेत्रमा सञ्चालित ऐतिहासिक खानेपानी योजनालाई प्राकृतिक र आधुनिक प्रविधिबाट प्रशोधन गरी नगरभित्रका सम्पूर्ण नागरिकलाई शुद्ध र गुणस्तरयुक्त पिउने पानीको व्यवस्था गर्न आधारशिला तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख गर्नुभएको छ ।

नगरपालिकाले प्राचीन र पुरातात्विक इतिहास बोकेका व्यक्तिगत भवनहरुले पुरातत्व विभागबाट तोकिएको मापदण्ड पुरा गरी भवनको अग्रभागमा रंगरोगन गरेमा प्राविधिक प्रतिवेदन बमोजिम हुन आउने कुल खर्चको ४० प्रतिशतमा नबढ्ने गरी प्रतिघर अधिकतम ५० हजारका दरले उपलब्ध गराउने नीति लिइएको छ । 

नीति तथा कार्यक्रममा रोढा, ढुंगा उद्योग सञ्चालन भैरहेका वडा नम्बर २ र १२ नम्बरका स्थानीय नागरिकको स्वास्थ्य बिमाका लागि नगरपालिकाले ५० प्रतिशत खर्च बेहार्ने भएको छ । त्यस्तै खानी प्रभावित क्षेत्रका पूर्वाधार विकासका लागि विशेष बजेटको व्यवस्था गरिने भनिएको छ । 

सुत्केरी महिला, बृद्ध, अपाङ्गता भएका र गरिब घरपरिवारका सदस्यलाई नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । महिला सामुदायिक स्वयं सेविकाहरुका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिने भएको छ । 

नगर प्रमुख भण्डारीले नवप्रवर्तनात्मक आविष्कारहरुलाई प्रोत्साहन गर्नका लागि प्रतिभा सम्मान तथा सहयोगको नीतिलाई अगाडि बढाईने र रोजगारी सिर्जना गर्नका लागि लामो तथा छोटो अवधिको सीपयुक्त तालिम सञ्चालन गरी पनौती नगरभित्र उद्योग व्यवसाय स्थापना गर्नका लागि विशेष प्रोत्साहनको व्यवस्था मिलाउने र व्यवसायमैत्री नगरको रुपमा विकास गरिने नीति अगाडि सारेको छ ।

नीति कार्यक्रममा ‘हाम्रो नगर, धुलोरहित शहर’ नारालाई मूर्तरुप प्रदान गर्नका लागि मिनि बुमर खरिद र पनौतीका दक्षिण क्षेत्रबाट विश्वसम्पदा सूचीमा प्रस्तावित क्षेत्र पनौती ६ र ७ प्रवेश गर्ने प्रत्येक सवारी साधनहरुको चक्का धुने व्यवस्था मिलाउनका लागि नीजि लगानीकर्ताहरुलाई उत्प्रेरित गरिने नीति अगाडी सारेको उहाँँले बताउनुभयो ।

पनौती नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गरी सर्वसम्मत पारित भएको छ । नगरको बजेट भने अर्को बैठकमा प्रस्तुत गर्ने नगरप्रमुख भण्डारीले बताउनुभयो । नगरसभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि  १ अर्ब ६० करोडको बजेट सार्वजनिक गरेको छ । अर्को बैठक असार २८ गते बस्ने गरी पन्ध्रौं अधिवेशनको पहिलो बैठक सभाध्यक्ष एवं नगरप्रमुख भण्डारीद्वारा समापन गर्नुभएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार