काठमाडौं। काभ्रेको बनेपाबाट हराएका एक बालक काठमाडौंमा भेटिएका छन् ।
तेमाल गाउँपालिका-९ खत्री गाउँ घर भई हाल बनेपा नगरपालिका-१० ईट्टाभट्टा बस्दै आएका न्यू मोडल एकेडेमी स्कूल कक्षा ८ मा अध्यनरत १५ वर्षिय बालक आरुष लामा काठमाडौंस्थित जडिबुटीको एक होटेलमा भेटिएका हुन् । उनी बिहान ट्युशन पढेर विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका थिए । होटेलमा फेला परेका उनी त्यहाँ कसरी र किन पुगे भन्नेबारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।